काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले सांसद सुनिल शर्मालाई किन पक्राउ गरेको हो भन्ने बुझेपछि औपचारिक धारणा बनाउने बताएका छन् ।
मोरङ ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य शर्मालाई प्रहरीले नक्कली सर्टिफिकेटबारे अनुसन्धान गर्न बिहीबार पक्राउ गरेको छ ।
बिहीबार बसेको काँग्रेस संसदीय दल कार्यसमितिको बैठकमा समेत यसबारे छलफल भएको थियो । बैठकपछि प्रमुख सचेतक लेखकले के कारणले किन पक्राउ गरेका रहेछ भन्ने थाहा पाइसकेपछि आफ्नो धारणा बनाउने बताएका हुन् ।
सम्बन्धित समाचार : प्रहरीले सांसद शर्मा पक्राउबारे संसद्लाई जानकारी गराउँदै
सम्बन्धित समाचार : काँग्रेस सांसद सुनील शर्मा पक्राउ