१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बङ्गुरपालन व्यवसायमा २४ करोडको क्षति

अ+ अ-

काठमाडौँ । बङ्गुरमा देखिएको ‘अफ्रिकन स्वाइन फिभर’ रोगका कारण गण्डकी प्रदेशका बङ्गुरपालक किसानले झन्डै रु. २४ करोड बराबरको क्षति व्यहोर्नुपरेको छ । गत वर्षको हिउँदमा पहिलोपल्ट नेपालमा सङ्क्रमण पुष्टि भएको उक्त रोगबाट गण्डकी प्रदेशभित्र १८ हजार २० बङ्गुरको मृत्यु भएको प्रदेशको कृषि तथा भूमि व्यवस्था मन्त्रालयले जनाएको छ । 

“२२ हजार ६६ बङ्गुर सङ्क्रमित भएकामा ठूलो सङ्ख्यामा बङ्गुर मरे, करिब रु . २४ करोड बराबरको क्षति भएको हाम्रो अनुमान छ”, मन्त्रालयको योजना तथा अनुगमन महाशाखा प्रमुख डा. गृष्म न्यौपानेले भने ।, “भाइरसजन्य यो रोगको सङ्क्रमण दर र मृत्युदर दुवै उच्च छ ।”

पछिल्लो समय भने उक्त रोग नियन्त्रणमा आइसकेको उनले बताए । शङ्कास्पद लक्षण देखिएका बङ्गुरको अहिले पनि नियमित स्वास्थ्य परीक्षण हुँदै आएकामा उक्त रोगको सङ्क्रमण नदेखिएको हो ।  

‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएका बङ्गुर फार्मलाई ४५ दिनसम्म खाली गराई निसङ्क्रमण गरेर मात्र किसानले बङ्गुर पाल्न सुरु गरेको डा न्यौपानेले बताए । उनका अनुसार उक्त रोग कास्की, लमजुङ, तनहुँ, बागलुङलगायत जिल्लाका बङ्गुर फार्ममा बढी देखिएको थियो ।

“सबैभन्दा बढी क्षति कास्कीमा भयो, अफ्रिकन स्वाइन फिभरबाट क्षति ब्यहोरेका किसानलाई आर्थिक सहायता दिन मन्त्रालयले व्यावसायिकता विकास कार्यक्रमका लागि यो वर्ष बजेट विनियोजन गरेको छ, त्यसबाट किसानलाई केही मात्रामा राहत पुग्छ”, डा. न्यौपानेले भने ।

उक्त रोगको अहिलेसम्म ठोस औषधि र खोप पत्ता नलागेका कारण बङ्गुरलाई लक्षण कम गर्ने औषधि मात्र चलाउने गरिएको छ । ‘अफ्रिकन स्वाइन फिभर’ हुँदा बङ्गुरमा उच्च ज्वरो, शरीरमा धब्बा आउने, बढी र्‍याल छोड्ने, छेर्ने आदि समस्या देखिने गरेको पशु चिकित्सक बताउछन् । सय वर्षअघि अफ्रिकामा देखिएको उक्त रोग दक्षिण एसिया हुँदै नेपाल प्रवेश गरेको बताइन्छ ।

डा. न्यौपानेले अन्तर्राष्ट्रिय सीमा नाकामा पशु क्वोन्टिन र चेकजाँचस्थल व्यवस्थित नहुँदा यस्ता रोगहरू भित्रने गरेको बताए । उनले सरकारले खुला सिमाना भएको भारतसँगका नाकामा विशेष निगरानी गर्नुपर्ने उल्लेख गरे । अन्तरप्रदेश नाकामा पनि पशु क्वोन्टिन राख्नुपर्ने उनले बताए ।

‘अफ्रिकन स्वाइन फिबर’ थामिएसँगै किसान गाई भैँसीमा फैलिएको ‘लम्पी स्किन’ रोगबाट समस्यामा परेका छन् । दुवै रोगका कारण गण्डकी प्रदेशमा पशुपक्षीजन्य उत्पादनमा पनि ह्रास आएको छ । पछिल्ला दुई वर्षमा दूध, मासु र अण्डाको उत्पादन घटेको मन्त्रालयले जनाएको छ । आव २०७८/७९ मा दुई लाख ८२ हजार एक सय ८६ मेट्रिक टन दूध उत्पादन भएकामा गत आवमा दुई लाख ६४ हजार आठ सय ४९ मेट्रिक टनमा सीमित रह्यो । जुन छ दशमलव १४ प्रतिशतले कमी हो । 

मासुको उत्पादनमा पनि आठ दशमलव ४७ प्रतिशतले कमी आएको छ । आव २०७८/७९ मा ६२ हजार दुई सय ६० मेट्रिक टन उत्पादन भएकामा गत आवमा जम्मा ५६ हजार नौ सय ८७ मेट्रिक टन मासु उत्पादन भएको जनाइएको छ ।

मन्त्रालयका अनुसार आव २०७८/७९ मा ३४ करोड ३७ लाख गोटा अण्डा उत्पादन भएको थियो । गत आवमा त्यो सङ्ख्या घटेर २४ करोड ५० लाख गोटामा पुगेको जनाइएको छ । अण्डा उत्पादनमा एकै वर्षमा २८ दशमलव ७२ प्रतिशतले गिरावट आएको हो । दानाको मूल्यवृद्धि, चल्लाको उपलब्धतामा कमी जस्ता कारणले अण्डा उत्पादन घटेको डा. न्यौपानेले बताए ।

‘लम्पी स्किन’ रोग लागेर गण्डकीमा हालसम्म तीन हजार दुई सय ४७ गाईवस्तुको मृत्यु भएको छ भने ३१ हजार तीन सय पाँच निको भएका छन् । ३८ हजार पाँच सय ३६ गाई भैँसी अहिले पनि सङ्क्रमित अवस्थामा छन् । 

प्रतिक्रिया दिनुहोस