७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रयोगविहीन भयो दमकको खाद्य परीक्षण प्रयोगशाला

अ+ अ-

काठमाडौँ । दमक नगरपालिका कार्यालय हाताभित्र करिब डेढ वर्षअघि निर्माण गरिएको खाद्य परीक्षण प्रयोगशाला हालसम्म सञ्चालनमा आउन सकेको छैन । विभिन्न खाद्य परिकारको परीक्षण गर्ने उद्देश्यले २०७९ फागुनमा स्थापना गरिएको प्रयोगशाला अझैसम्म सञ्चालनमा आउन नसकेको हो । 

खाद्य प्रयोगशाला तत्कालीन नगर प्रमुख रोमनाथ ओलीले उद्घाटन गरेका थियो । नगरपालिकाकाकी खाद्य अधिकृत लक्ष्मी न्यौपानेले विभिन्न खाद्य तथा पेय पदार्थ पनि परीक्षण गर्ने गरी व्यवस्था गर्दै लैजाने उद्देश्यका साथ प्रयोगशाला सुरु भए पनि आन्तरिक व्यवस्थापन नहुँदा प्रयोगशाला सञ्चालनमा ल्याउन कठिनाइ भएको बताए । 

उनले भने, “प्रयोगशाला सञ्चालनमा ल्याउन आवश्यक कर्मचारीको व्यवस्थापन नभएका कारण प्रयोगशालालाई नियमित सञ्चालन गर्न अझैसम्म सकेका छैनौ ।” 

यहाँ उत्पादन भएका तथा बिक्री वितरण हुँदै आएका पानी उद्योगको पानीको शुद्धता परीक्षण एवं डेरीबाट उत्पादन भएको दूधको गुणस्तर जाँच गर्न पनि सकिने उनको भनाइ छ । अन्य खाद्य सामग्रीको परीक्षण गर्ने उपकरणको पनि व्यवस्था गरिने र विषादीसमेत जाँच गरिने भनिए पनि अहिले प्रयोगशाला बन्दजस्तै अवस्थामा रहेको छ । प्रयोगशाला सञ्चालनमा नआउँदा खाद्य वस्तु परीक्षण बिनानै उपभोग गर्नुपरेको स्थानीयको भनाइ छ । स्थानीय सरकार आफैँले लगानी गरेर तयार पारेको खाद्य प्रयोगशाला सम्भवत नेपालकै पहिलो भएको दाबीसमेत गरिएको थियो । 

दमक नगरपालिकाको आन्तरिक स्रोतबाट झण्डै रु. ३० लाख खर्चेर बनाइएको प्रयोगशाला तयार गरिए पनि प्रयोगविहीन हुँदा खाद्य गुणस्तर मापन गर्न नसकिएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस