४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक विद्यालयका विद्यार्थीमा प्राविधिक विषयमा गहिरो रुचि हुनु सुखद : बालेन साह

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीहरूमा प्राविधिक विषयमा गहिरो रुचि देखिएको भन्दै त्यो महानगरको लागि शिक्षालाई समयानुकूल परिवर्तन गर्ने अवसर भएको जनाएको छ ।

सामुदायिक विद्यालयका प्रधानाध्यापक र विज्ञान शिक्षकलाई प्रदान गरिएको रोबोटिक्स, कृत्रिम बौद्धिकता-आर्टिफिसियल इन्टेलिजेन्स),ड्रोन टेक्नोलोजी र कोडिङ विषयमा दिइएको अभिमुखीकरणमा सहभागी विद्यालय, शिक्षक र विद्यार्थीहरू सबै सिकाइप्रति उत्साही देखिएको महानगर प्रमुख बालेन्द्र साहले जानकारी गराएका छन् ।

उनले शनिबार सामाजिक सञ्जाल फेसबुकमार्फत पद्मोदय माध्यमिक विद्यालय र भानु माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकलाई महानगरले प्राविधिक विषयमा अभिमुखीकरण गराएको उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘भानु माध्यमिक विद्यालयमा प्रविधिका ४ वटा विधा (रोवोटिक्स, कृत्रिम बौद्धिकता, ड्रोन टेक्नोलोजी र कोडिङ) मा अभिमुखीकरण दिइएको थियो । यस्तै पद्मोदय माध्यमिक विद्यालयमा विज्ञान शिक्षक र कक्षा ८ का विद्यार्थीका लागि ड्रोन टेक्नोलोजीका विषयमा प्रयोगात्मक चिनारी गराइएको थियो ।’

त्यस्तै उनले महानगरले विद्यार्थीको रुचीको आधारमा ‘बुक फ्रि फ्राइडे’ (शुक्रबार) का दिन प्राविधिक सिकाइको विषयलाई पनि समावेश गरेर कक्षा चलाउने जानकारी दिए । उनले अहिलेको समयानुसारको सैद्धान्तिक ज्ञानलाई प्रयोगात्मक परीक्षण र प्रयोग गर्दै सामुदायिक शैक्षिक संस्थामा अध्ययनरत विद्यार्थीलाई प्रविधिमैत्री र प्रतिस्पर्धी शिक्षा प्रदान गर्ने उल्लेख गरेका छन् ।

‘यो विज्ञान र प्रविधिमा आधारित समय हो । हरेक व्यक्तिको जीवनशैली यसैसँग जोडिएको छ । अहिले हामीले विद्यालय उमेरमा यस्ता ज्ञान र सिपसँग विद्यार्थीलाई अभ्यस्त गराउन सकेनौँ भने प्रतिस्पर्धी हुन सक्दैनन् । उनीहरूलाई यो जोखिमबाट बचाउन हामी सामुदायिक विद्यालयमा अध्ययन गर्ने हरेक विद्यार्थीलाई पुस्तकमा भएको सिद्धान्त (थ्यौरी) लाई प्रविधि सँग जोडेर अध्ययन गराउँछौँ,’ बालेनले लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस