१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

देशको नेतृत्व गर्ने जिम्मेवारी युवाहरूको हातमा आउने बेला भैसकेको छ : मन्त्री लिम्बू

अ+ अ-

काठमाडौँ । युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बूले देशलाई समृद्धिको यात्रामा लैजान युवा सक्षम रहेको भन्दै युवाको काँधमा देशको नेतृत्व गर्ने जिम्मेवारी आइसकेको बताएका छन् ।

२४ औँ अन्तर्राष्ट्रिय युवा दिवसको सन्दर्भ पारेर शनिबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवस २०८०–मूल समारोहमा मन्त्री लिम्बूले अहिले पुरानो पुस्ताले देशको जिम्मेवारी सम्हालेपनि नयाँ पुस्ता जिम्मेवारी लिन तयार रहेको बताए । उनले मुलुकको नेतृत्व गर्ने जिम्मा युवाको हातमा पुग्ने बेला भैसकेको र त्यसका लागि युवालाई तयार रहन अनुरोध गरे ।

उनले भने,‘युवा साथीहरू हरेक कुरामा अब्बल हुनुहुन्छ,यो देशलाई हाँक्नको निमित्त यो देशलाई समृद्धिको बाटोमा लैजानको लागि तयारीका साथ तपाईँहरू अगाडि बढ्नुपर्दछ । अहिले हामीले नेतृत्व गरिरहेका छौं, भोलि नेतृत्व गर्ने तपाइँको हातमा आउने बेला भैसकेको छ ।’

त्यस्तै सरकारले गरेको कार्यप्रति अहिले युवाहरू असन्तुष्ट रहेको स्वीकार्दै मन्त्री लिम्बूले यस बारे मन्त्रालय चिन्तित रहेको बताए । उनले आगामी कार्ययोजना र नीति परिमार्जन गर्न युवालाई अनुभवलाई समेटेर सुझाव दिनका लागि आग्रह पनि गरे ।

‘अहिले जुन रूपमा हामी अगाडि बढिरहेका छौं,युवाहरूलाई चित्त बुझेको छैन । युवाहरूले खोजेको कुरा प्राप्त गर्न सकेको छैन । तर, के गर्दा त्यो प्राप्त हुनसक्छ कसरी जाने त यो विषयमा मन्त्रालय पनि चिन्तित छ र युवा नीति परिमार्जन गरेर धेरै युवालाई डो¥याउन,धेरैको कुरा सुनेर कार्यक्रम बनाउन र अवसर दिन चाहन्छ । आउनुहोस् सबै मिलेर नीति र कार्यक्रम बनाएर अगाडि बढौं,’ गुरुङले भने ।

त्यस्तै युवा तथा खेलकुद मन्त्री लिम्बूले युवालाई सरकारले देश र रोजगारीसँग जोड्नको लागि यो आर्थिक वर्षलाई युवा उद्यमशील वर्षको रूपमा मनाउने घोषणा गरेको उल्लेख गरे । उनले बढीभन्दा बढी आर्थिक उत्पादन वृद्धि गरेर आफ्नै गाउँ ठाउँमा बसेर रोजगारी गर्ने परिस्थिति निर्माण गर्ने क्रममा सरकार तल्लीन रहेको जिकिर गरे ।

२४ औँ अन्तराष्ट्रिय युवा दिवस पारेर आयोजना गरिएको उक्त कार्यक्रममा बिहानै राष्ट्रिय युवा परिषद्,रिटर्नी नेपाल,विभिन्न गैरसरकारी सङ्घसंस्था र युवा क्लबहरूले प्रभातफेरी निकालेका थिए । ‘‘दिगो विकास लक्ष प्राप्तिमा युवाको साथ नवप्रवर्द्धन र उद्यमशीलतामा हरित सीप विकास’’ भन्ने नाराका साथ यो वर्ष अन्तराष्ट्रिय युवा दिवस मनाइँदै छ ।

प्रतिक्रिया दिनुहोस