९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन अस्थिर बन्यो : घनश्याम भुसाल 

अ+ अ-

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक नयाँ बाटोमा जाँदै गर्दा केपी शर्मा ओलीको हस्तक्षेपले अस्थिर भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा महासचिव भुसालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए । 

उनले भने ‘ हामी नयाँ बाटो तर्फ जाँदै गर्दा, त्यो बाटोमा ओलीले हस्तक्षेप गरेपछि हाम्रो मुलुकको राष्ट्रिय राजनीति, वाम आन्दोलन सबै अस्थिर भएको छ । त्यसले गर्दा ५ वर्ष गुमाएका छौ त्यो मुलुक र युवाहरुले गुमाएको समय हो । ’ 

महासचिव भुसालले देशको मुख्य समस्या बेरोजगारी भएको र देशको मुख्य आवश्यकता रोजगारी भएको पनि बताए  । उनले भने ‘ कुनै देशमा उत्पादन बढेको छैन भने त्यहाँ युवाहरुमा रोजगारी छैन, मुलुक बन्दै गर्दा पनि त्यहाँ युवाहरु हुन्छ, विग्रिदैँ गर्दा पनि युवाहरु हुन्छ । यस अर्थमा देशको मुख्य आवश्यकता र समस्या के हो भने बेरोजगारी समस्या रोजगारी यसको आवश्यकता हो । हामीले राजनीतिक खुट्टा टेकेर उठ्न सकेनौ भने यो मुलुकमा रोजागरीको व्यवस्था हुदैँन् । ’ 

अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लानु पर्ने बताउँदै महासचिव भुसालले ८ महिना भित्रमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे । उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकिर पनि गरे ।

उनले भने ‘ नेकपा एमाले हरेक पक्षको लडाईमा ओलीसँग हारिरहेको छ । अहिले ओलीले एमालेको कपाल समाएर संसदमा हल्लाई रहेका छन् । ओलीले गरेको काम मुलुकको राजनीतिका लागि राम्रो होइन । ’ 

एमाले बालकोटको गेटपाले मात्रै भएको चर्चा गर्दै उनले त्यो हुनु राम्रो नभएको बताए । ओलीको पकडबाट नछुटेसम्म एमालेले मुलुकको लागि एजेण्डा लिएर मुलुकको लागि केही गर्छ भन्ने नसोचे पनि हुने उनको दावी छ ।

एमालेको निधारमा हार्नु मात्रै लेखेको उल्लेख गर्दै महासचिव भुसालले भने ‘ आज एकजनाको विरोध अर्कोले गर्ने सामाजिक सञ्जालमा मन परि लेख्ने भविष्यको बारेका सोच्ने छैन । विरोध गर्दै हिडेको छ । भत्र्सनाको राजनीति गरेको छ यसले मुलुकलाई अगाडि बढाउँदैन् । 

प्रतिक्रिया दिनुहोस