९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सरकारको स्थिरतामा शङ्का गर्नुपर्दैनः उपप्रधानमन्त्री खड्का

अ+ अ-

काठमाडौँ । उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले सरकारको स्थिरतामा शङ्का नगर्न आग्रह गरेका छन्।

शनिबार आयोजित नेपाल टेलरिङ व्यवसायी महासङ्घको तेस्रो वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले निश्चित कार्ययोजनासहित अघि बढेकाले सरकार स्थिर रहने दाबी गरे।

उनले व्यापार, व्यवसायमा रहेका समस्याहरूको समाधान गर्दै अघि बढ्न सरकार तयार रहेको पनि बताए। ‘अहिलेको अफ्ठ्यारो परिस्थितिबाट मुलुकलाई माथि उठाउन मुलुकमा सुशासनको नागरिकलाई अनुभूति दिलाउन, भ्रष्टाचार, अनियमितता नियन्त्रण गर्न र मुलुकको आर्थिक अवस्थालाई माथि उठाउन सिङ्गो व्यवसायसँग जोडिएका संस्था व्यवसायीहरूलाई साथमा लिएर साझा उद्देश्यमा रूपान्तरण गरेर अघि बढ्ने निश्चित मार्गचित्रसहित वर्तमान सरकार अघि बढेको छ,’ उनले भने, ‘यो सरकारको स्थिरतामा कहीँ कतै शङ्का गर्नुपर्ने, के हुने हो भन्नुपर्ने अवस्था छैन। हामी निश्चित कार्ययोजनासहित अघि बढेका छौँ।’

उनले नागरिक र देशलाई केन्द्रबिन्दु राखेर सरकारले काम गरिरहेको भन्दै आवश्यक ठाउँमा गर्नुपर्ने सुधारका लागि सरकार सदैव तयार रहेको बताए।

उपप्रधानमन्त्री खड्काले नागरिकलाई केन्द्रमा राखेर काम गर्दा कसैले पनि अफ्ठ्यारो मान्नुपर्ने र निधार खुम्च्याउनु पर्ने अवस्था नरहेको बताए।

प्रतिक्रिया दिनुहोस