१८ चैत्र २०८१, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जुम्लाका स्वतन्त्र सांसद शाही काँग्रेसमा फर्किए, आफू सक्कली काँग्रेस भएको दाबी

अ+ अ-

काठमाडौँ । स्वतन्त्र उम्मेदवारी दिएर कर्णाली प्रदेश सभामा निर्वाचित सांसद देवेन्द्रबहादुर शाही नेपाली काँग्रेसमा फर्किएका छन् ।  पार्टीले कारबाही फुकुवासँगै केन्द्रीय कमिटीले अनुगमन गरेसँगै शाही नेपाली काँग्रेसमै फर्किएका हुन् ।

शनिबार काँग्रेस जुम्ला कमिटीले शाहीलाई स्वागत गरेको थियो । जुम्ला निर्वाचन क्षेत्र (क) बाट निर्वाचित उनी प्रदेश सभा निर्वाचनमा पार्टीले टिकेट नदिएपछि स्वतन्त्र भएर चुनाव लडेका थिए । उनले काँग्रेसकै प्रदेश सभापति ललितजंग शाहीलाई नै पराजित गरेका थिए । 

प्रदेश सभापति शाहीले उनलाई पार्टीमा ल्याउनै चाहेका थिएनन् । यद्यपि सांसद शाही भने आफू जुम्लामा सक्कली काँग्रेस भएको र आफ्नो रगतमा पनि काँग्रेस नै भएको बताउँदै आएका थिए । शाहीले भने, आफू सधैँ काँग्रेस भएकोले र कारबाही फुकुवासँगै पार्टीमा फर्किएको जानकारी दिए । 

साथै उनले चुनावको बेलामा आफूलाई पार्टीले अन्याय गरेको बताए । ‘म सँग जनमत टन्नै थियो तर, पार्टीले अन्याय गरेपछि विद्रोह गर्नुपरेको थियो,’ उनले भने,‘चुनाव जितेर विद्रोहको औचित्य पनि त पुष्टि गरे नि !’ 

साथै उनले चुनावताका आफूले काँग्रेस त्यागेको नभई पार्टीले अन्याय गरेको कारण बाध्य भएर स्वतन्त्र उम्मेदवार भएको भनेर भोट मागेको पनि बताए । जुम्लामा संस्थापन पक्षबाट प्रदेश सभापति शाही र इत्तरपक्षबाट सांसद शाहीको आन्तरिक लडाइँ हुने गरेको छ । सांसद शाही पार्टीमा फर्किएसँगै प्रदेश सभामा काँग्रेस सांसदको सङ्ख्या १५ पुग्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस