८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सामुदायिक वनका अध्यक्षसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा 

अ+ अ-

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन उपभोक्ता समूहका अध्यक्ष कुमार बहादुर बराईलीसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

आफू अनुकूल किर्ते कागजात तयार गरी गैर कानुनी लाभ तथा सार्वजनिक सम्पत्तिमा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा इलामको माई नगरपालिका स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बराईलीसति ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो । 

माई नगरपालिका वडा नम्बर १ र ३ स्थित पशुपति सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बराइलीले प्रक्रिया नपुर्‍याई लागत इस्टिमेट, प्राविधिक बिल भरपाई नराखी समूहको निर्णय विना आफू अनुकूल कागजात तयार गरी मिलेमतोमा गरिबी निवारण शीर्षकका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको पुल निर्माणमा खर्च भएको भनेर ४ लाख र आफू अनुकूल किर्ते कागजातसमेत तयार गरी स्टेशनरी सामाग्री, बोटबिरुवा खरिद तथा वितरण, संयुक्त अनुगमन तथा झाडी सरसफाइ, बैठक भत्ता तथा गरिबी निवारणका लागि विनियोजित रकमलाई कार्यक्रम नभएको ऐलानी जग्गा खरिद गरी पशुपति सामुदायिक वन उपभोक्ता समूहको रु ११ लाख ५ हजार ९ सय ३० गरी गरी कुल १५ लाख ५ हजार ९ सय ३० रकम भुक्तानीको लागि झुट्टा बिल भरपाई पेश गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (ज्ञ) को देहाय (ङ) बमोजिम झुट्टा बिल भरपाई बनाई भुक्तानी दिने कसुर गरेको अख्तियारको दाबी छ । 

अख्तियारका अनुसार बराईलीलाई पन्ध्र लाख पाँच हजार नौ सय तीस रुपैयाँ बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद र जरिवाना गरी बिगो असुल उपर हुन मागदाबी लिइएको छ।

यस्तै समूहका तत्कालीन सल्लाहकार समूह संयोजक अर्जुन कुमार थापा, सोही समूहका तत्कालीन कोषाध्यक्ष राम कुमारी खत्री, दिल बहादुर मगर, सोही समूहका उपभोक्ता एवं पुलका कोषाध्यक्ष रस्मिला बराईली, दर्तावाला लेखापरीक्षक चन्द्र बहादुर बस्नेत र तत्कालीन कोषाध्यक्ष चन्द्र कला श्रेष्ठलगायतविरुद्ध पनि मुद्धा दायर गरिएको छ । 

प्रतिक्रिया दिनुहोस