९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘पढ्दै कमाउँदै विद्यार्थी’ कार्यक्रम प्रभावकारी

अ+ अ-

काठमाडौँ । लालझाडी गाउँपालिकाले पढ्दै कमाउदै विद्यार्थी तथा युवा उद्यमशीलता विकास परियोजनाअन्तर्गत सञ्चालन गरेका कार्यक्रम प्रभावकारी भएका छन् । नवप्रवर्तन साझेदारी कोषको रु. एक करोड ४० लाख र गाउँपालिकाको रु. ६० लाख गरी रु दुई करोडको लागतमा उक्त परियोजना सञ्चालन गरिएको हो । सीपयुक्त जनशक्ति तयार गरी उत्पादनमूलक क्षेत्रबाट  आर्थिक विकास गर्ने उद्देश्यले परियोजना सञ्चालन गरिएको गाउँपालिकाका शिक्षा शाखा प्रमुख सिद्धराज भट्टले बताए। 

विद्यालयमा विद्यार्थीको आकर्षण बढाउने कार्यसँगै भर्ना दरमा वृद्धि गरी बिचमै विद्यालय छाड्ने विद्यार्थीलाई टिकाउन र गुणस्तरीय सिकाइलाई प्रभावकारी बनाउन सञ्चालन गरिएका कार्यक्रम फलदायी भएको उनले उल्लेख गरे। परम्परागत अन्तरपुस्ता सीप हस्तान्तरणलाई बढावा दिई प्राचीन शैलीका वस्तु आधुनिक तरिकाले उत्पादन गरी स्थानीय भाषा, संस्कृति तथा सांस्कृतिक सम्पदाको संरक्षण तथा आयआर्जन गर्न सञ्चालन गरिएका कार्यक्रमले युवा पिँढीलाई जागरूक बनाएको प्रमुख भटृको भनाइ थियो ।  

उनका अनुसार उक्त कार्यक्रमका माध्यमबाट पढ्दै गरेका विद्यार्थी तथा बेरोजगार युवामा उद्यमशीलताको विकासका गर्नाका साथै  नयाँ उद्योग स्थापना गरी स्वरोजगार भएका छन् । गाउँपालिकाभित्र दर्ता र सञ्चालनमा रहेका व्यवसायको सफ्टवेयरमार्फत प्रमाणपत्र तयारी तथा अनलाइन अभिलेख व्यवस्थापनको कार्य परियोजनाअन्तर्गत गरिएको छ ।  आर्थिक अभावका कारण विद्यालय आउन नसक्ने बालबालिकाले पनि आयआर्जनमा सहभागी भई पढाइलाई निरन्तरता दिइरहेको भानु माध्यमिक विद्यालयका प्रधानाध्यापक बेदप्रसाद उपाध्यायले बताए ।

विद्यालयमा उक्त परियोजनाअन्तर्गत सञ्चालन गरिएको कार्यक्रमबाट कापी उद्योग सञ्चालन गरिएको उनले जानकारी दिए । “विद्यालयलाई आवश्यक पर्ने कापी उद्योगबाटै उत्पादन हुन्छन्” प्रधानाध्यापक उपाध्यायले भने, “उत्पादित कापी बाह्य क्षेत्रमा बिक्री गरी विद्यालयले अतिरिक्त आम्दानी गर्न थालेको छ ।”

विद्यार्थीको सीपमा आधारित व्यवहार परिवर्तन हुनाका साथै अभिभावकको शिक्षामा गर्नु पर्ने आर्थिक लगानीको दायित्व घटेको उनले बताए ।“पढ्दै कमाउँदै कार्यक्रम नौलो अभ्यास भए पनि  यसको सफलताले  सम्मानजनक समाजिक जीवनयापन गर्न कोशेढुङ्गा भएको छ” गाउँपालिका-३ का अध्यक्ष टीकाराम चौधरीले भने, “पढ्दै गरेका विद्यार्थी तथा बेरोजगार युवामा उद्यमशीलताको विकासबाट नयाँ उद्यमको विकास भई नयाँ व्यवसाय सिर्जना भएका छन् ।”

परियोजनाअन्तर्गत सञ्चालन भएका कार्यक्रमअन्तर्गत १७ बिघामा दुई हजार छ सय बाँसको बिरुवा र पाँच हजार अन्य फलफूलका बिरुवा रोपिएको छ ।बैजनाथ माध्यमिक विद्यालयको दुई बिघा जग्गामा चार वटा पोखरी तयार भई विभिन्न जातका एक हजार आठ सय माछाका भुरा राखिएको छ । 

यसबाट आउँदो असोज सम्ममा चार वटै पोखरीबाट वार्षिक रूपमा रु चार लाख आम्दानी हुने लक्ष्य लिइएको छ । विद्यालयमा प्राप्त भएका उपलब्धिलाई संस्थागत र दिगो बनाउदै थप व्यवसाय सिर्जना गर्न सकिने बताइएको छ । परियोजनाको दिगोपनाका लागि गाउँपालिकाबाट चालु आवमा नवप्रवर्तनका लागि रु. ३० लाख बजेट विनियोजन गरिएको छ ।

शिक्षा शाखा प्रमुख भट्टका अनुसार विद्यालयमा कार्यक्रम सञ्चालनबाट व्यावसायिक सचेतना बृद्धि, विद्यालय र समुदायबिचमा अपनत्वको भावनाको विकास, उत्पादनमूलक आर्थिक पूर्वाधारको विकाससँगै रोजगारी सिर्जनाको आधार तयार भएको छ । यसैगरी आर्थिक अभावका कारण विद्यार्थीले विद्यालय छोड्ने प्रवृतिमा  निकै कमी आउनाका साथै उद्यमशील संस्कृतिको विकासमा सकारात्मक धारणाको विकास, उद्योग र  व्यवसायमा स्थानीय समुदायको सहभागिता पनि बढेको छ । साथै दश वर्षे शिक्षा क्षेत्र योजना कार्यान्वयनमा सहयोग भई निःशुल्क शिक्षा कार्यान्वयनमा योगदान पनि पुगेको छ । 

प्रतिक्रिया दिनुहोस