१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पूर्वराष्ट्रपति एमालेमा फर्किने चर्चापछि ओलीले भने-पार्टीमा समस्या ल्याउने कोसिस

अ+ अ-

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सक्रिय राजनीतिमा फर्किने चर्चा चलेका र एमालेका नेताहरूले लगातार भेटिरहेको तथा अभिव्यक्ति दिइरहेका बेला अध्यक्ष केपी शर्मा ओलीले एमालेभित्र समस्या ल्याउन सकिन्छ कि भन्ने कोसिस फेरि भएको बताएका छन् । 

पार्टी केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा आइतबार पत्रकार सम्मेलन गरेर अध्यक्ष ओलीले पार्टी नेताहरूले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्दैमा अन्यथा व्याख्या गर्न नहुने बताए । ‘हाम्रो पार्टीभित्र कुनै समस्या आउँछ कि, ल्याउन सकिन्छ कि भनेर फेरि कोसिस भएको छ, ’उनले भने, ’पूर्वराष्ट्रपति विद्या भण्डारीजी हाम्रो पार्टीका सबै नेताहरूको, राष्ट्रपति भएर एउटा आदरणीय व्यक्तित्व पनि उहाँ हुनुहुन्छ र फेरि त्यो भन्दा अगाडि नजिकको मित्र हो । हाम्रो पार्टीको उपाध्यक्ष हो । हाम्रो पार्टीको आदरणीय व्यक्तित्व हो । हामीमध्ये कसैले भेट्नु, कुरा गर्नु भनेको ठूलो कुरै होइन । विष्णु पौडेलजीले मात्रै होइन मैले पनि कुरा गरेको छु । अरूले पनि कुरा गर्नुभएको छ ।’

पूर्वराष्ट्रपति भण्डारीलाई भेट्नुको अर्थ सक्रिय राजनीतिमा आउन निम्तो दिएको भन्ने अर्थमा नबुझ्न एमालेका अध्यक्ष ओलीको भनाइ थियो । उनले थपे, ‘यस्तो कुरा गरेको विषयलाई कार्ड छपाएर लिएर जानुभयो रे ! पार्टीमा आइदिनुपर्‍यो भनेर निम्ता गर्न भन्ने खालको । यो खालका प्रयासहरूलाई मलजल नगर्दा राम्रो हुन्छ ।’

एमालेलाई एकताबद्ध गरेर लगेको बेलामा हल्लाका पछाडि नलाग्न अध्यक्ष ओलीको भनाइ थियो । एमालेलाई विभाजन गर्न ठूलठूला प्रयास हुँदा पनि नसकेको अवस्थामा अहिले भएका हल्लाले केही प्रभाव नपर्ने उनले बताए । 

प्रतिक्रिया दिनुहोस