४ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

अर्थमन्त्रीले गरे निजी क्षेत्र, गभर्नर र बैंकरसँग छलफल

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले निजी क्षेत्रका तीनवटा सङ्गठन, नेपाल राष्ट्र बैंकका गभर्नर र नेपाल बैंकर्स सङ्घका अध्यक्षसँग छलफल गरेका छन्।

आइतबार साँझ उनले सिंहदरवारस्थित मन्त्रालयमा बोलाएर अर्थतन्त्र चलायमान गराउने विषयमा निकायहरूसँग छलफल गरेका हुन्।  मन्त्री महतले ब्याजदर घटाउँदै आर्थिक गतिविधि कसरी बढाउने ? भन्ने विषयमा सरोकारवाला पक्षसँग छलफल गरे। बैठकमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्सले अर्थमन्त्री महतलाई अर्थतन्त्र चलायमान बनाउने गरी काम गर्न आग्रह गर्दै ज्ञापन पत्रसमेत बुझाएका छन् । 

मन्त्री महतले बोलाएको बैठकमा राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, अर्थ मन्त्रालयका वरिष्ठ सल्लाहकार पोषराज पाण्डे, अर्थ सचिव अर्जुन पोखरेल, अर्थ मन्त्रालयको वित्तीय क्षेत्र समन्वय महाशाखा प्रमुख भुपाल बराल, महासङ्घका अध्यक्ष चन्द्र ढकाल, परिसंघका अध्यक्ष राजेश अग्रवाल, चेम्बरका अध्यक्ष राजेन्द्र मल्ल र बैंकर्स सङ्घका अध्यक्ष सुनिल केसी सहभागी थिए।

छलफलमा निजी क्षेत्रले ब्याजदर घटाउने र चालु पुँजी कर्जामा लचिलो हुनेगरी नीति लिन माग गरिएको छ । छलफलमा अर्थमन्त्री महतले अर्थतन्त्र चलायमान गराउने गरी उद्योगी व्यवसायीका समस्या समाधान गर्न गभर्नरलाई निर्देशन दिएका छन्।  अर्थमन्त्री महत अहिले भने वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफलमा छन्।

प्रतिक्रिया दिनुहोस