७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संसदमा बोल्न नदिए पार्टी भित्र विद्रोह गर्ने सांसद शर्माको चेतावनी 

अ+ अ-

काठमाडौँ । सत्तारुढ नेपाली काँग्रेसका सांसद सुनिल शर्माले आफूलाई संसदमा बोल्न नदिए पार्टी भित्रै विद्रोह गर्ने चेतावनी दिएका छन्।

सांसद शर्माले पार्टी संसदीय दलको बैठकमा आफूले संसदमा बोल्न नपाए विद्रोह गर्ने धारणा राखेको जानकारी गराएका हुन्।

आइतबार बसेको पार्टी संसदीय दलको बैठकपछि सञ्चारकर्मीमाझ उनले यस अघि पनि पार्टीका प्रमुख सचेतक रमेश लेखकले बोल्न नदिएपछि आफूले विद्रोहीको रूपमा संसदमा बोल्नुपरेको खुलासा समेत गरे। सांसद शर्माले सरकारलाई आतङ्ककारीको संज्ञा दिँदै यसलाई छिटो भन्दा छिटो हटाउने प्रयासमा आफू लाग्ने प्रतिबद्धता व्यक्त गरे।  

उनले भने, ‘हाम्रो पार्टीको आज संसदीय दलको मिटिङ थियो। मैले चाहिँ म एरेष्ट भएको विषयमा पार्टीका नेताहरूलाई ब्रिफिङ गरेँ। र, अर्को कुरा चाहिँ मैले मेरो पार्टी, नेपाली काँग्रेस पार्टीका सबै सभासदहरुले मलाई दुःखको समयमा गर्नुभएको साथ, सहयोगप्रति चाहिँ मैले धन्यवाद ज्ञापन गरेँ। र, मैले आफ्नो कुराहरू निर्धक्कका साथ राखेँ। मैले मेरो स्ट्याण्डलाई कायमै राखेँ। र, मैले के भनेको छु भने–सचेतकज्युले लास्ट टाईम पनि बोल्न नदिएको कारणले त्यो दुर्घटना भएको हो। र, मलाई सचेतकज्युले बोल्न दिनुभएन भोलि भने म त्यहाँ भित्र पनि विद्रोह गर्छु भनेको छु मैले। संसदीय दलमा मैले यो कुरा राखेको छु। विद्रोह गर्न पाइँदैन भन्ने कुरा पनि आएको छ। तर मैले भनेको छु-तपाइँहरुले मलाई कारबाही नगर्नुहोला। मेरो नेताहरूलाई मैले आग्रह गरेँ। मैले चाहिँ मलाई बोल्न दिइएन, प्रतिबन्ध लगाइयो। मुख थुनियो भने म बोल्छु। मेरा कुराहरू म निर्बाध रूपमा राख्छु मैले भने। अहिलेको कुरा त्यही हो। भोली त्यो कुरा राखिन्छ। म जुन बेला एरेष्ट भए नि। आतङ्ककारी हिसाबले म त यो सरकारलाई आतङ्ककारी भन्छु। मैले संसदीय दलमा पनि त्यही सम्बोधन गरेको छु। यो सरकार आतंकारी हो। हामी पनि सरकारमा छौँ। तर, सरकारमा भएको फिल मलाई भएको छैन भनेर पनि मैले बैठकमा भनेको छु। यो बाहिर पनि भन्छु म । यो आतङ्ककारी सरकारले मलाई बिना पक्राउ पुर्जी एरेष्ट गर्‍यो। र, घण्टौँ मैले झगडा गरेपछि पूँर्जी इस्यु गरियो। र, थुनामा राख्ने पुर्जी भोलिपल्ट मात्रै दिइयो। जुन आफैँमा गैरकानूनी छ। र, एउटा इस्युमा मलाई तेस्रो पटक पक्रियो। जुन आफैँमा गैरकानूनी छ। त्यस कारण यो आतङ्ककारी सरकारलाई सकेसम्म चाँडो बिदा गर्नुपर्छ भन्ने हो हाम्रो। मैले के कुरा राखे भने त्यहाँ अर्थमन्त्रीजीले पनि आफ्नो कुरा राख्नुभयो। अर्थमन्त्रीजीहरू आफ्नो कुरा राखेपछि हिँड्नु भयो। मैले भनेको छु-जनताले हामीलाई कुरीकुरी गर्ने अवस्था छ कि छैन ?’

प्रतिक्रिया दिनुहोस