९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

स्वास्थ्यमन्त्री र युएनका आवासीय संयोजकबीच शिष्टाचार भेट

अ+ अ-

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेत र नेपालका लागि संयुक्त राष्ट्रसङ्घ (युएन) का आवासीय संयोजक हाना सिङ्गर-हाम्डीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

स्वास्थ्य मन्त्रालयमा भएको भेटघाटका क्रममा नेपालको स्वास्थ्य क्षेत्रमा सरकार र युएनअन्तर्गतका निकायबीच समन्वय र सहकार्य गर्ने विषयमा छलफल भएको छ । स्वास्थ्यमन्त्री बस्नेतले अहिले सरकारले स्वास्थ्य क्षेत्रमा सहज पहुँच बिस्तारका नीति लिएको जनाउँदै आर्थिकरुपमा कमजोर नागरिकका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्था गरिएको बताए ।

“भूकम्प, विभिन्न प्राकृतिक प्रकोप, कोभिड महामारीलगायत समयमा युएनअन्तर्गतका निकायबाट भएको आर्थिक तथा प्राविधिक सहयोग प्रशंसनीय छ”, उनले भने, “स्वास्थ्य क्षेत्र सुधारका लागि सरकारले गरिरहेका कामसँग समन्वय गर्दै तादम्यता हुनेगरी थप सहयोगको अपेक्षा छ ।”

युएनका आवासीय संयोजक हाना सिङ्गर-हाम्डीले नेपालको कुन क्षेत्रमा कस्तो सहकार्य आवश्यक छ भनेर चाँडै छलफल गरी सोहीअनुसारका कार्यक्रम तय गर्ने विश्वास जनाए । “स्वास्थ्य मन्त्रालयको योजना र नीतिअनुसार कुन क्षेत्र र कस्ता विषयमा कार्यक्रम केन्द्रित गर्नुपर्ने हो भन्नेबारे चाँडै नै छलफल गरेर टुङ्ग्याउन सकिन्छ”, उनले भने, “सङ्घीय सरकारसँगै प्रदेशसँग पनि हामीले कसरी सहकार्य गर्न सक्छौँ भन्नेबारे स्पष्टता आवश्यक छ ।”

नेपालले स्वास्थ्य क्षेत्रमा चाहिने सुधारका क्षेत्र पहिचान गर्नुपर्ने भन्दै संयोजक हाम्डीले सोहीअनुसार दातृ निकायले योजना तर्जुमा गर्ने बताए । युएनअन्तर्गतका निकायसँग नेपाल सरकारले कुनै पनि कामका लागि सहकार्य गर्न चाहेमा जानकारी गराउनुपर्ने जनाउँदै उनले त्यसमा सहजीकरण गर्दै अगाडि बढ्ने प्रतिबद्धता जनाए ।

जवाफमा स्वास्थ्यमन्त्री बस्नेतले यो हप्ता आफू भारत भ्रमणमा रहने जानकारी दिँदै उक्त भ्रमणबाट फर्किएपछि सरोकारवाला निकायसँग छलफल गरी युएनअन्तर्गतका निकायसँग ‘कसरी समन्वय गर्न सकिन्छ’ भन्ने विषयमा कार्ययोजना तयार गरिने बताए ।

प्रतिक्रिया दिनुहोस