८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महानगरद्वारा कक्षा ११ को छात्रवृत्तिको नतिजा सार्वजनिक 

अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले कक्षा ११ को छात्रवृत्तिका लागि लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको छ । २० साउनमा लिएको परीक्षाको नतिजा सार्वजनिक गरेको हो । 

पहिलो चरणको नतिजा अनुसार भर्ना हुने परीक्षार्थीको योग्यता क्रमको अन्तिम सूची समेत महानगरले प्रकाशन गरेको छ ।

नतिजा अनुसार विज्ञान विषयमा १ हजार ४५२ जना, व्यवस्थापन विषयमा ७४५ जना, कानुनमा ४३ जना, मानविकीमा ४ जना, शिक्षामा ५ जना, सिभिल इन्जिनियरिङमा ४४ जना, कम्प्युटरमा १८ जना, इलेक्ट्रिकलमा ११ जना परीक्षार्थीले भर्ना पाउने भएका छन् ।

महानगरले दिने भर्ना कोटामध्ये प्राविधिक धारका विषयमा सामुदायिक विद्यालयमा भर्ना हुनेछ । २७ साउनसम्म प्राथमिकता निर्धारण गर्न विद्यार्थीहरूलाई दिइएको समय र त्यस अवधिमा विद्यार्थीहरूले अनलाइनमार्फत छानेका आधारमा भर्ना हुनका लागि शिक्षण संस्थाहरू सिफारिस गरिएका मेयर बालेन्द्र शाहले जानकारी दिएका छन् ।

प्रकाशित सूचीमा शिक्षण संस्थाको नाम, वडा नम्बर, अध्ययन गर्ने कार्यक्रमको नाम, विद्यार्थीको नाम, परीक्षाको रोल नम्बर, श्रेणी, प्राथमिकता आदेश समावेश गरिएको उनले बताएका छन् ।

सामुदायिक विद्यालयमा अध्ययन गरेका विद्यार्थी, संस्थागत विद्यालयमा अध्ययन गरेका विद्यार्थी, महानगरपालिका भित्र स्थायी बसोबास भएका सबै विद्यार्थी, ल्याण्डफिल्ड साइड प्रभावित क्षेत्रमा बसोबास भई सोही क्षेत्रको विद्यालयमा अध्ययन गरेका विद्यार्थी महानगरले नतिजामा कोटा छुट्याएको छ ।

यस्तै छात्रा, आदिवासी र जनजाति, मधेशी, खस आर्य, दलित, मुस्लिम, थारु, अपाङ्गता भएको व्यक्ति, पिछडिएको क्षेत्रका व्यक्ति, शहीद र बेपत्ता पारिएका नागरिकका परिवार र द्वन्द्व पीडित नागरिकका परिवारका व्यक्ति भनिएको छ ।

यस्तै स्कुल टाइपमा एसईई उत्तीर्ण गरेको विद्यालयको प्रकार (संस्थागत/निजी) सम्बन्धी विवरण राखिएको छ ।

महानगरले ३ भदौमा दोस्रो चरणको नतिजा प्रकाशित गरेर भर्नाको योग्यताक्रम सार्वजनिक गर्ने भएको हो । पहिलो सूचीमा नाम उल्लेख भएका विद्यार्थीहरूले १ भदौभित्र तोकिएको विद्यालयमा गएर भर्ना भइसक्नु पर्नेछ ।

प्रतिक्रिया दिनुहोस