७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बडीकेदार गाउँपालिकाको मुकाममा बिजुली बल्यो, २ वर्षभित्र सबै वडामा बिस्तार हुने

अ+ अ-

डोटी । डोटीको बडीकेदार गाउँपालिकाको मुकाम रहेको वडा नम्बर-२ खड्यौलीमा बिजुली पुगेको छ ।

सोमवार गाउँपालिकाका अध्यक्ष भैरव बहादुर साउँले बत्तीको स्विच अन गरेर बत्तीको उद्घाटन गरेका हुन् ।

नेपाल विद्युत प्राधिकरण डोटीको ५२ लाख २४ हजार लगानीमा गाउँपालिकाको मुकाम सम्म बिजुली बिस्तार गरेको नेपाल विद्युत प्राधिकरण दिपायलका प्रमुख शिवशंकर सोनीले बताए ।

आर्थिक वर्ष २०७९/०७० को टेन्डर अनुसार ५२ लाख २४ हजारको लागतमा ११ दशमलव ४७ किलोमिटर विद्युत लाइन विस्तार गरिएको हो । उपकरण तथा सामाग्रीहरू प्राधिकरणका हुन भने निर्माण कम्पनीले काम गरेको हो । निर्माण कम्पनीलाई प्राधिकरणले १३ लाख ५१ हजार दिने सम्झौता बमोजिम कम्पनीले ६५ किलोमिटर वितरण लाइन विस्तारको काम गर्नेछ ।

बडीकेदार गाउँपालिकाका सबै वडामा बिजुली विस्तारका लागि साढे १२ करोडको ठेक्का सम्झौता गरिएकोले दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तारको काम भइरहेको गाउँपालिका अध्यक्ष भैरव बहादुर साउँदले बताए । उनले भने पालिकाको समग्र पक्षको विकासमा म लागेको छु । केही वर्ष भित्र सबै क्षेत्रको सुधार भएको देखिन्छ । बिजुलीलाई मुख्य प्राथमिकताका साथ हेरेको छु काम भइरहेको छ दुई वर्ष भित्र सबै वडाहरूमा बिजुली बिस्तार हुन्छ ।

वडाहरूमा बिजुली बिस्तार अन्तरगत सबै वडाहरूमा जाने लाइनको लागि पोलहरू बिस्तारको काम भइरहेको छ ।

पालिकामुकाममा पुगेको बिजुली केन्द्रीय प्रसारण लाइनको नभई बडीकेदार गाउँपालिका वडा नम्बर १ बिपीनगरमा रहेको सालमुनी हाइड्रोपावर बाट जडान गरिएको हो ।

प्रतिक्रिया दिनुहोस