६ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न कर्मचारीलाई निर्देशन

अ+ अ-

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले लिएको राजस्वको लक्ष्य पूरा गर्न जिम्मेवार भएर काम गर्न देशभरका राजस्व कार्यालयका कर्मचारीलाई निर्देशन दिएका छन् ।

आन्तरिक राजस्व विभागले आज आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् ।

कर प्रणाली सुधारका लागि कर्मचारीको सम्पूर्ण ध्यान जानुपर्ने, करको दायरामा आउन नसकेका व्यवसायलाई करको दायरामा ल्याउन सक्नुपर्ने, करदातालाई सोसम्बन्धी शिक्षा दिनुपर्ने, कर प्रशासनका कर्मावको राजस्वको लक्ष्य सजिलै भेटिनेमा उनले विश्वास व्यक्त गरे ।

“राजस्व कार्यालयका कर्मचारीले आफ्नो विवेक पनि प्रयोग गर्नुपर्‍यो र नीति, नियम, कानुनभित्र बसेर सहजतापूर्वक काम गर्नुस् । उठाउनुपर्ने करमा सम्झौता गर्दैनौँ तर करदातालाई असर गर्ने गरी कुनै व्यवहार पनि गर्दैनौँ भन्ने मानसिकताले काम गर्नुहोला”, कर्मचारीलाई निर्देशन दिँदै अर्थमन्त्री महतले भने ।

पछिल्लो समय मुलुकको अर्थतन्त्रमा सुधारै हुँदै गए पनि आम मानिस र निजी क्षेत्रमा अर्थतन्त्रबारे सकारात्मक धारणा बन्न नसकेको पनि बताएका छन् ।

आन्तरिक राजस्व विभागले आज यहाँ आयोजना गरेको ‘व्यवस्थापन गोष्ठी २०८०’ को उद्घाटनमा अर्थमन्त्री डा। महतले निजी क्षेत्रमा नकारात्मकता हाबी हुँदै गएकोमा चिन्ता व्यक्त गरे ।

“अहिले अर्थतन्त्र सकारात्मक बाटोमा उन्मुख छ । हामीलाई सकारात्मक दिशातर्फ जानुछ र जान सकिन्छ भन्ने धारणा हुनुपर्ने हो । तर सबैतिरबाट नकारात्मक मात्रै सोच राख्ने प्रवृत्ति देखियो”, निजी क्षेत्रतर्फ इङ्गित गर्दै अर्थमन्त्री डा. महतले भने, “अर्थतन्त्र सुधारका लागि प्रयास भइरहेका छन् र सकारात्मक नतिजा पनि देखिँदै गएको छ ।”

कोभिड–१९ महामारी र रुस–युक्रेन युद्धको असरपछि असरलगायतका कारण अर्थतन्त्र समस्यामा परेको भए पनि सुधारका लागि सबै क्षेत्रबाट सकारात्मक धारणा बन्दै जानुपर्ने र यसो हुनसके मात्रै अपेक्षित लगानी आउन सक्ने अर्थमन्त्री महतको भनाइ छ ।

निजी क्षेत्रका छाता संस्था र तिनका पदाधिकारीले अर्थतन्त्रको अवस्थाबारे समान धारणा बनाउन आवश्यक रहेको भन्दै यसका लागि सुझाव दिए । निजी क्षेत्र व्यापारमा मात्रै केन्द्रित भएको र सरकारले आन्तरिक उत्पादन बढाउने नीति लिँदा पनि निजी क्षेत्रले यसको लाभ लिन नसकेको उनको भनाइ छ ।

सो अवसरमा अर्थ मन्त्रालयका सचिव अर्जुनप्रसाद पोखरेलले कराधार बढाएर चालु आवको राजस्व लक्ष्य भेट्न सकिने धारणा राखे । प्रणालीगत विकास र कर्मचारीको क्षमता विकासमार्फत कर प्रणाली सुधार हुने अपेक्षा सरकारले गरेको पनि उनको भनाइ छ ।

“राजस्व सङ्कलनको लागत बढेको छ । अब हिजोको जस्तो म्यानुअल काम गरेर हुँदैन । प्रविधिको प्रयोग गर्नुपर्छ”, अर्थ सचिव पोखरेलले भने, “चालु आवको आर्थिक ऐनमा राखिएका नयाँ व्यवस्था कार्यान्वयनमा विशेष जोड दिनुहोला । सँगसँगै महालेखा परीक्षक, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, राजस्व न्यायाधिकरणका फैसलालगायतका प्रतिवेदनले औँल्याएको विषय समाधान गर्नतर्फ लाग्नुहोला ।”

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले करको दरभन्दा पनि दायरा बढाउन सके सरकारले राखेको लक्ष्यअनुसार राजस्व उठ्ने बताए । अहिले पनि ठूलो सङ्ख्यामा व्यवसाय तथा व्यक्तिहरू कर प्रणाली बाहिर रहेकाले त्यसलाई समेट्न सक्नुपर्ने उनको भनाइ छ ।

“अहिले बजारमा ४० प्रतिशत सामान ‘ग्रे मार्केट’बाट आइरहेका छन् । यिनलाई कर प्रणालीमा ल्याउनुपर्‍यो । नागरिकतासँगै स्थायी लेखा नम्बर ९प्यान० जारी गर्ने व्यवस्थाका साथै करमा एकद्वार प्रणाली लागू हुनुपर्छ”, चेम्बर अध्यक्ष मल्लले भने ।

त्यस्तै, नेपाल उद्योग परिसङ्घका उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले अहिले निजी क्षेत्रको मनोबल घटेकाले यसलाई उकास्न आवश्यक रहेको बताए । नेपालको राजस्व प्रणाली आयातमुखीभन्दा पनि उत्पादनमुखी हुनुपर्नेमा उनले जोड दिए ।

त्यस्तै, नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठले चालु आवमा अर्थतन्त्रमा सुधारका सङ्केत नदेखिएको बताए । “व्यापार व्यवसाय बढी हुने समय भनेको दसैँ र तिहारको समयमा हो । यो वर्ष पनि व्यापारमा सुधार हुँदैन भन्ने आभास हामी अहिले नै गर्न थालिसकेका छौँ”, उनले भने, “अन्य दक्षिण एसियाली मुलुकको तुलनामा नेपालमा कर महँगो छ । कूल गार्हस्थ्य उत्पादनको वृद्धिदरको तुलनामा राजस्वको वृद्धिदर नकारात्मक छ ।”

प्रतिक्रिया दिनुहोस