७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

घट्यो हिमालयन डिस्टिलरीको नाफा

अ+ अ-

काठमाडौँ । गत आर्थिक वर्ष २०/८० मा आर्थिक गतिविधि सुस्त भएपछि मदिरा उत्पादक हिमालयन डिस्टिलरी लिमिटेडको आम्दानी पनि घटेको छ । कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा कम्पनीको नाफामा मात्रै होइन, सरकारको राजस्व पनि प्रभावित बनेको छ ।

कम्पनीले गोल्डेन वाक र ब्ल्याक वाक नामक मदिरा उत्पादन र बिक्री गर्दै आएको छ ।

कम्पनीले आर्थिक वर्ष २०७९/८० मा ६६ करोड १ लाख रुपैयाँ नाफा कमाएको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा १ अर्ब ५ करोड ६९ लाख रुपैयाँ नाफा कमाएकोमा गत आर्थिक वर्षमा कम्पनीको नाफा ३७.५४ प्रतिशतले घटेको हो ।

कम्पनीको उत्पादन बिक्रीबाट हुने कुल सञ्चालन आम्दानी २ अर्ब १७ करोड ८९ लाख रुपैयाँले घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ८ अर्ब ५६ करोड ८८ लाख रुपैयाँ कुल सञ्चालन आम्दानी रहेकोमा गत आर्थिक वर्षमा घटेर ६ अर्ब ३८ करोड ९९ लाख रुपैयाँमा सीमित भएको छ । आम्दानीमा गिरावट हुँदा कम्पनीको अन्य खर्च घटे पनि नाफामा गिरावट भएको हो ।

कम्पनीको उत्पादन बिक्री घट्दा सरकारलाई बुझाउने अन्तः शुल्क पनि घटेको छ । अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ५२ करोड ३९ लाख रुपैयाँ अन्तःशुल्क बुझाएको कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब ६८ करोड ४३ लाख रुपैयाँ मात्रै बुझाएको छ ।

कम्पनीको उत्पादन बिक्रीमा कमी आउँदा सरकारले पाउने भ्याट पनि घटेको छ । आर्थिक वर्ष २०७८/७९ मा ९८ करोड ५८ लाख पुगेको भ्याट गत आर्थिक वर्षमा घटेर ७३ करोड ५१ लाख रुपैयाँमा झरेको छ ।

कम्पनीको वस्तु विक्रीको लागत १ अर्ब ३४ करोड ६८ लाखबाट घटेर १ अर्ब २ करोड ७४ लाखमा झरेको छ । त्यस्तै कम्पनीको उत्पादन लागत २२ करोड ५५ लाखबाट १६ करोड ७९ लाखमा झरेको छ ।

कम्पनीको कर्मचारी खर्च सञ्चालन खर्चपछिको सञ्चालन मुनाफा १ अर्ब ४७ करोड ६७ लाखबाट घटेर ९५ करोड २ लाखमा झरेको छ । कम्पनीको अन्तःशुल्क र अन्य खर्च घटे पनि उत्पादन बिक्रीको आम्दानीमा ठुलो गिरावट हुँदा नाफामा प्रभावित बनेको हो ।

प्रतिक्रिया दिनुहोस