काठमाडौँ । राष्ट्रिय सभा बैठक स्थगित गरिएको छ।
साउन ३१ गते बुधबार दिउँसो १ बजे बस्ने तय भएको बैठक मङ्गलवार सूचना निकालेर स्थगित गरिएको हो।
संघीय संसद्का महासचिव भरतराज गौतमले सूचना निकालेर सत्ता र प्रमुख प्रतिपक्षी दलको आग्रहअनुसार बैठक स्थगित गरिएको उल्लेख गरेका छन्।
उनकाअनुसार अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले भदौ ५ गते मङ्गलवार दिउँसो १ बजे बस्ने गरी राष्ट्रिय सभा बैठक बोलाएका छन्।
राष्ट्रिय सभामा पनि नेकपा एमालेका सांसदहरूले सुन प्रकरण छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्नुपर्ने माग गर्दै आएका छन्।
