७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

टेरामक्स प्रविधि लागू हुँदैन : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका छन् । 

बालुवाटारमा मङ्गलवार सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रधानमन्त्री दाहालले नागरिकका फोन ट्यापिङ गर्नेसहितका प्रयोजनका लागिसमेत प्रयोग गर्न खोजिएको विवादास्पद टेरामक्स प्रविधि कार्यान्वयन नगर्ने बताएका हुन् । 

‘नागरिकको फोन ट्याप गर्जनेसहितको प्रविधि (टेरामक्स) लागू हुँदैन,’प्रधानमन्त्री दाहालले भने, ‘उपकरणमा खरिदमा करोडौँ रुपैयाँ खर्च भए पनि त्यो लागू हुँदैन ।’

नेपाल दूरसञ्चार प्राधिकरणले नागरिकको फोन ट्यापिङ गर्जनेसहितको टेरामस्क प्रविधि भित्र्याएको छ । उसले टेलिफोन कम्पनीहरूलाई टेरामक्स प्रविधि अपनाउन दबाब दिँदै आएको छ । त्यसका लागि करोडौँ मूल्यको प्रविधिसमेत नेपाल भित्र्याएको छ ।

प्रविधिको विषयमा विवादास्पद टेरामस्क प्रविधि एक साताभित्र कार्यान्वयनमा ल्याउन नेपाल दूरसञ्चार प्राधिकरणले दिएको समयसीमा सकिएसँगै नेपालका प्रमुख सेवा प्रदायकहरू निर्देशनको पालनामा विभाजित देखिएका थिए । प्राधिकरणका अनुसार सफ्टवेयरमा आधारित टेरामक्स प्रणाली दूरसञ्चार प्रयोगकर्ताको चापलाई विधिसम्मत तवरले अनुगमन र नियमन गर्ने कार्यमा प्रयोग हुन्छ । यसले सम्पूर्ण कल डिटेल रेकर्ड (सीडीआर) को विवरण राख्नेसँगै राष्ट्रिय र अन्तर्राष्ट्रिय इन्टरकनेक्सनको अवस्था नियाल्ने र जालसाजीको पहिचान तथा नियन्त्रण गर्ने काम गर्छ ।

प्राधिकरणले ०७४ सालदेखि नै टेरामक्स प्रविधि लागू गर्ने पहलस्वरूप आवश्यक प्रविधि र उपकरण खरिद गरिसकेको छ । ३ अर्ब ११ करोड रुपैयाँभन्दा बढी लागतमा प्राधिकरणले भित्र्याएको उपकरण हालसम्म प्रयोगविहीन छ । विभिन्न कारणले अड्किँदै आएको उक्त प्रविधिको कार्यान्वयन एक साताभित्र गरिसक्न साउन ८ मा एक पत्रमार्फत प्राधिकरणले दुवै सेवा प्रदायकलाई निर्देशन दिएको थियो ।

नेपाल टेलिकम सुरुदेखि नै सो प्रविधिको प्रयोग नगर्ने पक्षमा रहेपछि एनसेलले पनि त्यसमा असहमति जनाएको छ ।

प्रतिक्रिया दिनुहोस