९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बहुध्रुवीय विश्व व्यवस्थाको स्थिर विकास आवश्यक : राष्ट्रपति पुटिन

अ+ अ-

काठमाडौँ । विश्वले नयाँ बहुध्रुवीय विश्व व्यवस्थाको निरन्तर सुदृढीकरण खोजिरहेको रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बताएका छन् ।

मस्कोमा आयोजित अन्तर्राष्ट्रिय सुरक्षासम्बन्धी ११ औं सम्मेलनमा मङ्गलबार उनले सो धारणा राखेका थिए ।

बहुध्रुवीयतातर्फ विश्वव्यापी परिवर्तनको चर्चा गर्दै पुटिनले भने ‘अधिकांश देशहरू आफ्नो सार्वभौमसत्ता दाबी गर्न र आफ्नो राष्ट्रिय हित, परम्परा, संस्कृतिको रक्षा गर्न तयार छन्।’

रुसी नेताको धारणा छ – बहुध्रुवीय विश्व व्यवस्थाले अन्ततः स्थिर र दिगो विश्वव्यापी विकास मा योगदान पुर्योउँछ र दबाबमा रहेका सामाजिक, आर्थिक, प्राविधिक र वातावरणीय चुनौतीहरूको समाधान गर्न मद्दत गर्दछ।

उनले भने- हाल विश्वभर नयाँ द्वन्द्व उक्साउने र विद्यमान द्वन्द्वलाई बढाउने प्रयास गर्नेहरूले राष्ट्रहरूलाई विभाजन गरेर शक्तिकेन्द्रको आज्ञाकारी बनेको र अन्य राज्यहरूको स्रोतको दोहन गरेर ‘मानव त्रासदीबाट फाइदा लिन खोजिरहेका छन् ।’

‘संयुक्त राज्य अमेरिकाले एशिया-प्रशान्त क्षेत्रमा अन्तरजातीय सम्बन्धको विद्यमान प्रणालीलाई उपयुक्त ठान्दै पुनर्संरचना गर्ने इच्छा राखेको छ र वाशिङ्गटनको इन्डो-प्यासिफिक रणनीतिहरू अमेरिकी नेतृत्वमा सैन्य र राजनीतिक सङ्घहरू गठन गर्ने उद्देश्यले मात्र अभिप्रेरित छ ।’ पुटिनको धारणा छ ।

नेटो सदस्य राष्ट्रहरूले सक्रिय रूपमा आफ्नो आक्रामक क्षमताको निर्माण गरिरहेका छन् र अन्य राज्यहरूमा दबाब दिन सैन्य र गैर-सैन्य माध्यमहरू प्रयोग गरिरहेको राष्ट्रपति पुटिनको दाबी छ ।

युक्रेनमा अर्बौँ डलर लगानी गर्दै कीभलाई उपकरणहरू आपूर्ति गरेर पश्चिमी राष्ट्रहरूले द्वन्द्वलाई अझ चर्काउँदै लगेको र अन्य देशहरूलाई यसमा तानिरहेको पुटिनको धारणा छ ।

प्रतिक्रिया दिनुहोस