८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

महिला विश्वकपको फाइनलमा इङ्ल्यान्ड र स्पेन 

अ+ अ-

काठमाडौँ ।  महिला विश्वकप फुटबल प्रतियोगिताको नवौँ संस्करण अन्तर्गत इङ्ल्यान्ड र स्पेन उपाधिका लागि प्रतिस्पर्धा गर्ने भएका छन् । घरेलु टोली अस्ट्रेलियाविरुद्ध ३–१ को जित निकाल्दै इङ्ल्यान्ड पहिलो पटक फिफा महिला विश्वकपको फाइनलमा प्रवेश गरेको हो । 

जितसँगै इङ्ल्यान्डले अब उपाधिका लागि स्पेनको सामना गर्ने छ । यसअघि स्पेनले स्विडेनलाई २–१ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । यी दुवै टोली पहिलो पटक फाइनलमा पुगेका हुन् । 

बुधबार सिड्नीस्थित एलिएन्ज रङ्गशालामा इङ्ल्यान्डलाई जित दिलाउन इला टुन, लोरेन हेम्प र एलिसा रुसोले समान एक–एक गोल गरे । अस्ट्रेलियाका लागि साम केरले एक गोल फर्काए पनि टिमको हार टार्न सकिनन् । खेलको ३६औँ मिनेटमा टुनको गोलमार्फत इङ्ल्यान्डले अग्रता लिएको थियो । तर, ६३औँ मिनेटमा केरले अस्ट्रेलियालाई बराबरीमा ल्याइन् । ७१औँ मिनेटमा हेम्पले गोल गर्दा इङ्ल्यान्ड २–१ ले अघि बढ्यो भने खेल सकिन चार मिनेट बाँकी छँदा रुसोले गोल थप्दा इङ्ल्यान्डले ३–१ले फाइनलसम्मको यात्रा निश्चित गरेको हो ।  

क्वार्टरफाइनलमा इङ्ल्यान्डले कोलम्बियालाई २–१ र अस्ट्रेलियाले सडन डेथमा फ्रान्सलाई ७–६ ले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको थियो ।

जारी विश्वकपमा १९ अगस्टमा तेस्रो स्थानका लागि स्वीडेन र अस्ट्रेलियाबीच प्रतिस्पर्धा हुनेछ । २० जुलाईबाट सुरु भएको विश्वकपमा ३२ टोलीको सहभागिता रहेको थियो । सन् १९९१ देखि सुरु महिला विश्वकपमा झण्डै ५ करोड डलर बराबरको पुस्कार राशि बढाएर अहिले १५ करोड २० लाख डलर पुर्‍याइएको छ ।  

प्रतिक्रिया दिनुहोस