१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहानै आइसक्यो भनिएको धारामा साँझसम्म छैन पानी, नजाने भो कर्मचारीको ढाँट्ने बानी !

अ+ अ-

काठमाडौँ । बुधवार बिहानै देखि सुचारु भई सके भनिएका सिंहदरवारस्थित धाराहरूमा साँझसम्म पनि पानी देखिएन । अन्य कर्मचारीले ढाँट्नु त स्वाभाविकै हो तर नेपाल सरकारको विशिष्ट श्रेणीका सचिवले नै भनेको नपत्याउनु पो कसरी !

जार तथा बोतलको पानी विस्थापित गर्दै कर्मचारी र सर्वसाधारणसमेतलाई सिधै धाराबाट पिउन सक्ने भन्दै जडान गरिएका तीन वटा धाराहरूमा महिनौँपछि बिहीबार बिहानैदेखि पानी आई सकेको खानेपानी सचिव राम आधार साहले बताएका थिए । धारामा पानी नआउने गरेको गुनासोसँगै प्रशासनले खोजीनिती थालेको खबरपछि रातारात बनाउनतिर लागे र बिहानै सचिव साहले भने, ‘अब तपाईँको समाचार नबन्ने भो, बिहानै देखि पाई आई सक्यो !’

सम्बन्धित समाचार :  सिंहदरवारकै धारामा आउँदैन पानी, छैन सचिवलाई सरम 

होला पनि भनियो तर दिउँसो धाराहरू हेर्दा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक अन्य धाराहरूबाट हावा पनि छिसछिस गर्न छोडिसकेको थियो । 

स्वयं खानेपानी मन्त्रालयकै धारामा साँझ ५ बजेसम्म पानीको थोपासमेत चुहेको थिएन भने गृह मन्त्रालय प्राङ्गणस्थित धारामा पनि हावा मात्रै सुसाई रहेको थियो । 

गृह मन्त्रालय प्रांगणमा रहेको धारा

यसबाट कामप्रति उच्च पदस्थहरूकै उदासीनता मात्रै प्रष्ट हुँदैन, गाल पर्ने ठाउँमा टालटुल गरेर अरू बालमतलवको प्रवृत्ति अझै कायम छ कर्मचारीहरूमा । प्रधानमन्त्रीसम्मै कुरा पुग्ने सक्ने भएपछि रातारात त्यहाँको धारामा पानी सञ्चालन गरियो तर उही र उस्तै अरू धारामा पानी नआउनुले यसलाई प्रमाणित गर्दैन र ?

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय प्रांगणमा रहेको धारा

स्वयं खानेपानी मन्त्रालयकै प्राङ्गणको धारा हावाको सुस्केरा हालिरहँदा बिहान बिहानै झुट बोलेकोमा ग्लानि भयो होला कि नाइँ सचिवज्यूलाई !

खानेपानी मन्त्रालयको प्रांगणमा रहेको धारा

हेरौँ कहिले झर्छ यहाँका सबै धारामा पानी !

प्रतिक्रिया दिनुहोस