१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

डा. दिलजानको ‘किटो डाइट’ वैज्ञानिक सिद्धान्तविपरीत रहेको काउन्सिलको ठहर

अ+ अ-

काठमाडौँ । डा. दिलजान मंसूरको मैतीदेवीस्थित एफडीएच नामक क्लिनिकले गरेको उपचार पद्धति मेडिकल मापदण्डविपरीत ठहर भएको छ ।

नेपाल मेडिकल काउन्सिलको बैठकले डा. मन्सूरले चिकित्सक तथा डाइटिसियन भनेर गरेको उपचार गैरव्यवसायिक ठहर गरेको छ । काउन्सिलले स्थापित वैज्ञानिक मूल्य मान्यता विपरीत एकै प्रकारको काउन्सिलिङ गरेको, सबै प्रकृतिका रोगहरूको लागि एउटा खाना भोजन योजना दिएको तथा अन्य चिकित्सकले सिफारिस गरेका औषधिहरुबिना अध्ययन थपघट गरेको जनाएको छ ।

मन्सूरमाथि मेडिकल काउन्सिलले जारी गरेको प्रिस्केप्सन गाइडलाइन पालना नगरेको तथा उनले गरेका उपचारहरू कुनै स्थापित वैज्ञानिक सिद्धान्त अनुरूप नरहेको ठहर गरिएको छ ।

तौल घटाउने नाममा कार्बोहाइड्रेटयुक्त खानेकुरा खान नदिने र मासु तथा तरकारी मात्र खान उनले प्रेरित गरेका थिए । जसलाई किटो डाइट भनेर प्रचार भएको थियो ।

काउन्सिलले दीर्घ रोगीहरूको नियमित औषधि रोकिनाले क्षति हुने सक्ने देखिएको भन्दै उनको उपचार विधिले बिरामीलाई अपूरणीय क्षति हुनसक्ने सम्भावना रहेको विज्ञहरूको रायका आधारमा अब उक्त कार्य नगर्न मन्सूरलाई अन्तिमपटक सचेत गराएको छ । 

प्रतिक्रिया दिनुहोस