८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तीन स्रष्टाका तीन कृति विमोचन

अ+ अ-

काठमाडौँ । साहित्यकार मोतिशोभा श्रेष्ठ, प्राडा सृजना श्रेष्ठ र प्राडा सविना श्रेष्ठका तीन कृति विमोचन गरिएको छ । साहित्यकार मोतिशोभाको ‘चियाको चुस्की’ लघु कथासङ्ग्रह, साहित्यकार प्राडा सृजनाको ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रह र प्राडा सविनाको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रह पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दले आज विमोचन गरेका हुन् ।

कार्यक्रममा पूर्व प्रधानमन्त्री एवम् साहित्यकार चन्दले तीन कृतिले नेपाली साहित्यजगत्मा नयाँ आयम थपिएको बताए । उनले कथासङ्ग्रह,  कवितासङ्ग्रह र जीवनसङ्ग्रह पठनीय रहेको उल्लेख गरे । “कथाकारको विशेषता भनेको सानो कुरालाई बढाएर लेख्ने हो,” उनले भने । तीनवटै कृति गहिराइमा पुगेर लेखिएको उनको भनाइ थियो ।

पूर्वअर्थमन्त्री एवम् साहित्यकार शङ्करप्रसाद कोइरालाले प्राडा सविनाद्वारा लिखित पूर्व सचिव एवम् निर्वाचन आयोगका पूर्वआयुक्त विश्वमान श्रेष्ठका बारेमा लेखिएको ‘एउटा जीवन छामेर हेर्दा’ जीवन सङ्ग्रहबारे बोल्दै विश्वमान सरकारको कुशल प्रशासक भएको बताए । “विश्वमानलाई बुझ्न चाहने नयाँ पुस्ताका लागि पुस्तकले सहयोग पुग्नेछ,” उनले भने ।

वरिष्ठ गीतकार कालीप्रसाद रिजालले प्राडा सृजनाद्वारा लिखित ‘भोलि कोही नआउन्जेलसम्म’ कविता सङ्ग्रहबारे बोल्दै मेडिकल क्षेत्रमा कार्यरत व्यक्ति साहित्यमा कलम चलाएर कवितासङ्ग्रह प्रकाशित गर्नु महत्त्वपूर्ण कुरा भएको बताए। उनले निरन्तर कृति प्रकाशित गर्नसमेत सफलताको शुभकामना व्यक्त गरे ।

साहित्यकार धुव्र मधुकर्मीले साहित्यकार मोतिशोभाको कृति ‘चियाको चुस्की’ लघु कथा सङ्ग्रहबारे बोल्दै पुस्तकले नारी मनोविज्ञान, बाल मनोविज्ञान र समाजमा भोगिएका भोगाइलाई समेटेको बताए ।

कृतिका लेखक मोतिशोभा नेपाल सरकारको पूर्व सहसचिव, लेखक प्राडा सृजना पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक एवम् वरिष्ठ बालरोग विशेषज्ञ  प्राडा सविना काठमाडौँ मेडिकल कलेजका प्राध्यापक तथा वरिष्ठ बाल आँखा रोग विशेषज्ञ हुन् । उनीहरूले यसअघि पनि विभिन्न कृति प्रकाशित गरिसकेका छन् । 

प्रतिक्रिया दिनुहोस