९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

न्युजिल्यान्डमाथि युएईको ऐतिहासिक जित

अ+ अ-

काठमाडौँ । युएईले ऐतिहासिक रूपमा न्युजिल्यान्डमाथि पहिलो जित निकालेको छ। ३ खेलको टी-२० सिरिजको दोस्रो खेलमा युएईले न्युजिल्यान्डलाई ७ विकेटले पराजित गर्दै इतिहास रचेको हो।

कुनै पनि फर्म्याटमा युएईले न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो। न्युजिल्यान्डले पनि’नन-टेस्ट प्लेइङ नेसन’ विरुद्ध पहिलो पटक हार भोग्यो। उसले टेस्ट नखेल्ने देश विरुद्धको ३९ औ खेलमा पहिलो पटक पराजय भोग्यो।

दुबईमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ४२ रन बनाएको थियो। उसका लागि मार्क चाम्पम्यानले सर्वाधिक ६३ रन बनाउँदा चाद बौउरले २१ रन बनाए।

त्यस्तै, जेम्स निशमले २१ रन बनाएका थिए अन्य खेलाडीले भने दोहोरो स्कोरको रन बनाउन सकेनन्।

न्युजिल्यान्डका ७ खेलाडीले दोहोरो रनको स्कोर बनाउन सकेनन्। युएईका लागि आयान अफजाल खानले ३ विकेट लिँदा मुहम्मद जवादुल्लाहले २ विकेट लिए। त्यस्तै, अली नसिर, जाहुर खानमोहमेद फराजुद्दिनले समान १-१ विकेट लिए।

१ सय ४३ रनको लक्ष्य पछ्याएको युएईले १५.४ ओभरमानै ३ विकेट गुमाएर लक्ष्य पुरा गर्‍यो।

युएईको जितमा कप्तान मुहम्मद वासीमले ५५ रन बनाउँदा आसिफ खान ४८ रनमा अविजित रहे। त्यस्तै, भृत्या अर्विन्दले २५ रन बनाउँदा बसिल हमेद १२ रनमा अविजित रहेका थिए।

युएईको जितसँगै तीन खेलको सिरिज १-१ को बराबरी भएको छ। अब यी दुईबीच निर्णायक खेल आज साँझ हुँदै छ।

प्रतिक्रिया दिनुहोस