८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

चार दशकमा दोब्बर जनसङ्ख्या

अ+ अ-

महोत्तरी । महोत्तरीमा चार दशकको अवधिमा जनसङ्ख्या करिब दोब्बर भएको छ । विसं २०३८ र पछिल्लो २०७८ सालको राष्ट्रिय जनगणनाको तथ्याङ्कले सो अवधिमा जनसङ्ख्या झन्डै दोब्बर देखाएको हो ।

विसं २०३८ मा जिल्लाको जनसङ्ख्या तीन लाख ६१ हजार ५४ रहेकामा २०७८ सालको जनगणनामा जिल्लाको जनसङ्ख्या सात लाख छ हजार नौ सय ९४ पुगेको तथ्याङ्क कार्यालयले जनाएको हो । 

उक्त जनसङ्ख्या २०३८ सालकेभन्दा दोब्बर हुन मात्र १५ हजार १४ ले कम छ । पछिल्लो जनसङ्ख्यामा महिला तीन लाख ५७ हजार आठ सय ३५ (५० दशमलव ६७ प्रतिशत) र पुरुष तीन लाख ४९ हजार एक सय ५९ (४९ दशमलव ४० प्रतिशत) रहेको केन्द्रीय तथ्याङ्क विभागको प्रामाणिक अभिलेखलाई उद्धृत गर्दै कार्यालय प्रमुख श्याम साहले बताए ।  

जिल्लामा सबैभन्दा बढी जनसङ्ख्या भएका जातिगत समुदायमा क्रमशः यादव, मुस्लिम, धानुक, कोइरी, तेली, मुसहर, चमार, खत्वे र पासवान रहेका छन् । तथ्याङ्कअनुसार यादव एक लाख १० हजार सात सय २९ (१५ दशमलव ६६ प्रतिशत), मुस्लिम एक लाख सात हजार तीन सय ७३ (१४ दशमलव ६९ प्रतिशत), धानुक ४५ हजार दुई सय ५१ (छ दशमलव चार प्रतिशत), कोइरी ४० हजार तीन सय ८१ (पाँच दशमलव ७१ प्रतिशत), तेली २९ हजार नौ सय ५३ (पाँच दशमलव ७१ प्रतिशत) र मुसहर २७ हजार तीन सय ५२ (तीन दशमलव ८७ प्रतिशत) छन् । यसैगरी कम जनसङ्ख्या रहेका जातिगत समुदायमा सबैभन्दा कम सिख दुई जनामात्र छन् । 

यसैगरी बेलदार ११, कुशबरिया १४, राना थारु १६, कमर र आठपहरिया १८-१८, लिम्बू २०, जैन २६, राजवंशी २८, हायु ४१ र शेर्पा ५१ जनामात्र छन् । यिनमा हिन्दु धर्म मान्ने सबैभन्दा बढी पाँच लाख ८४ हजार पाँच सय १३ (८२ दशमलव ६७ प्रतिशत) छन् । 

यसैगरी इस्लाम धर्म मान्ने एक लाख नौ हजार नौ सय १४ (१५ दशमलव ५४ प्रतिशत), बौद्ध परम्परामा १० हजार नौ सय ५३ (एक दशमलव ५५ प्रतिशत), इसाइ एक हजार एक सय ३७ (० दशमलव १६ प्रतिशत), प्रकृति दुई सय ३० (० दशमलव ०३ प्रतिशत), किरात दुई सय १९ (० दशमलव ०३ प्रतिशत), जैन २६ (० दशमलव ००३ प्रतिशत) र सिख दुई जनामात्र अर्थात् (० दशमलव ०००३ प्रतिशत) राष्ट्रिय जनगणना २०७८ मा उल्लेख छ ।

जिल्लामा जम्मा एक लाख ४० हजार सात सय ३० घर छन् । जसमा ७९ प्रतिशत आवास, सात दशमलव ०७ प्रतिशत गोठ, धन्सर, मतान, व्यापार प्रयोजनका तीन दशमलव ०१ प्रतिशत छन् । 

जिल्लाको कूल साक्षरता प्रतिशत ५९ दशमलव आठ रहेकामा पुरुष साक्षरता ६८ दशमलव चार र महिला ५१ दशमलव प्रतिशत रहेका छन् । जिल्लाको पछिल्लो दशकको जनसङ्ख्या वृद्धिदर एक दशमलव १४ प्रतिशत र लैङ्गिक अनुपात ९७ दशमलव ५८ प्रतिशत रहेको प्रकाशित तथ्याङ्कमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस