७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

आजको घटनाको जिम्मा उपसभामुखले लिनुपर्छ : मुख्यमन्त्री थापा 

अ+ अ-

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले उपसभामुख सृजना दनुवारका कारण सभाध्यक्षले विश्वासको मत दिनुपर्ने अवस्था आएको बताएका छन् । यो घटना वैधानिक हो वा होइन उपसभामुखले जवाफ दिनुपर्ने बताए ।

सोमबार मुख्यमन्त्री थापाले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावमा सभाको अध्यक्षता गरिरहेका काँग्रेसका प्रदेश सभा सदस्य इस्राइल अन्सारीले पनि पक्षमा मतदान गरेका थिए । प्रदेशसभाबाट थापाले विश्वासको मत पाएको घोषणा भएपछि पत्रकारहरूले उनलाई यो वैधानिक हो कि होइन भनी प्रश्न गरेका थिए ।

जवाफमा थापाले यो परिस्थिति उपसभामुखका कारण सिर्जना भएको बताए । कोशीमा हाल सभामुख छैनन् त्यसैले बैठक सञ्चालनको जिम्मेवारी उपसभामुख दनुवारको हो । एमालेबाट निर्वाचित दनुवार सोमबार बिहान स्वास्थ्यको कारण देखाउँदै काठमाडौं गइन् । उनले बैठक सञ्चालनको जिम्मेवारी काँग्रेसबाट निर्वाचित इस्राइल मन्सुरीलाई तोकिन् ।

मुख्यमन्त्री थापाले उपसभामुखले मन्सुरीको अधिकार कुण्ठित गरेको आरोप लगाए ।

‘उहाँ यो प्रदेशसभाको सभामुख पनि होइन, उपसभामुख पनि होइन तोकिएको व्यक्ति हो । उहाँको मत दिने अधिकार प्रदेशसभाभित्र छ कि छैन ?’ थापाले प्रश्न गरे, ‘उहाँको मत दिने अधिकारलाई कुण्ठित गरेर सभामुख तोकेर उपसभामुख भाग्न मिल्छ ? उपसभामुख भाग्नुभएको छ । यो परिस्थिति निर्माण गर्ने काम उपसभामुखले गर्नुभएको छ, उहाँले जिम्मेवारी लिनुपर्छ ।’

थापाले अगाडि भने, ‘यो वैधानिक कि अवैधानिक भन्ने व्याख्या उहाँले गर्नुपर्छ । उहाँले (विश्वासको मत लिनका लागि समय दिने, आजका लागि बैठक तोक्ने अनि प्रदेश सभा सदस्यलाई सभामुख तोकेर उहाँ सभा छाडेर हिँड्ने ?’

उपसभामुखले प्रदेशसभाका ज्येष्ठ सदस्य र अध्यक्ष मण्डलका सदस्यको बिदा स्वीकृत गराएर प्रदेशसभा नै सञ्चालन हुन नसक्ने अवस्था सिर्जना गरेको थापाले आरोप लगाए ।

‘ज्येष्ठ सदस्य र प्यानलका सदस्यलाई पनि छुट्टी बस्न लगाएर अनि प्रदेशसभा खाली गरेर हिँड्ने,  हामीले प्रदेशसभाको औचित्यलाई स्थापित गर्‍यौँ प्रदेशसभाको वैधानिकतालाई बचाउने काम गर्‍यौँ’ उनले भने ।

प्रतिक्रिया दिनुहोस