काठमाडौँ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वमन्त्री चन्द्रदेव जोशीको बयान लिएको छ ।
ललिता निवास जग्गा प्रकरणमा पक्राउ पुर्जी जारी भएका पूर्वमन्त्री जोशीलाई बोलाएर सीआईबीले बयान लिएको हो । ब्युरोबाट दिउँसो आफूलाई बोलाइएपनि पछि व्यस्त भएको जानकारीसहित फर्काइएको भन्दै उनले सामाजिक सञ्जाल फेसबुक र ट्वीटरमा स्ट्याटस लेखेका थिए ।
त्यसपछि उनको बयान लिइएको हो । पक्राउ पुर्जी जारी भएपछि अनुसन्धान अधिकृतलाई थुनामा राखिराख्नु पर्ने नलागेपछि उनलाई छाडिएको ब्युरोले जनाएको छ ।