७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

त्रिविमा स्नातक इन्जिनियरिङको शिक्षण शुल्क वृद्धि, विद्यार्थी सङ्गठनको विरोध

अ+ अ-

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आईओई) ले स्नातक इन्जिनियरिङ (बीई) को शिक्षण शुल्क वृद्धि गरेको छ ।

डिन कार्यालयले आङ्गिक क्याम्पसहरूले लिन पाउने शुल्क वृद्धि गरेको हो । २ लाख ८० हजारबाट वृद्धि गरेर शिक्षण शुल्क ७ लाख ७५ हजार पुर्‍याइएको पुल्चोक इन्जिनियरिङ क्याम्पसका स्ववियू अध्यक्ष विराज अर्यालले जानकारी दिए । शुल्क वृद्धिको स्ववियू, अनेरास्ववियु, अखिल क्रान्तिकारीलगायत विद्यार्थी सङ्गठनले विरोध गर्दै आएका छन् ।

अध्ययन संस्थानको पुल्चोक, थापाथली, पोखरा, धरान र चितवनमा आङ्गिक क्याम्पसहरू सञ्चालनमा रहेका छन् । वृद्धि भएको शुल्क आगामी शैक्षिक सत्रदेखि यी क्याम्पसमा लागु हुने डिन कार्यालयले जनाएको छ । क्याम्पसहरू घाटामा रहेका कारण देखाउँदै शुल्क बढाइएको हो । विद्यार्थीले भने शुल्क वृद्धि फिर्ताको माग राख्दै आन्दोलन थालेका छन् ।

केमिकल र एरोस्पेस इन्जिनियरिङको शुल्क यसअघि नै ६ लाख तोकिएको थियो । हाल आर्किटेक्चर, सिभिल, कम्प्युटर, इलेक्ट्रिकल, इलेकट्रोनिक्स, मेकानिकल, ओटोमोबाइल, एग्रिकल्चर, जियोमेट्रिक्स, इन्डस्ट्रियल इन्जिनियरिङ तर्कको शुल्क वृद्धि गरिएको हो । केमिकल र एरोस्पेस इन्जिनियरिङमा समेत वृद्धि भएको नयाँ शुल्क लागू हुने जनाइएको छ । आईओईले साउन २५ गतेको निर्णयअनुसार २०५३ सालपछि शुल्क वृद्धि गरिएको जनाएको छ ।

आईओई अन्तर्गत ५ आङ्गिक र १० निजी इन्जिनियरिङ क्याम्पस सञ्चालनमा छन् । निजी क्याम्पसहरू काठमाडौँ, ललितपुर र भक्तपुर जिल्लामा मात्रै सञ्चालनमा छन् । डिन कार्यालयका पदाधिकारी, अध्यापकले संस्थान आसपास नै निजी कलेजलाई सम्बन्धन दिएर उनीहरूले सञ्चालन गरेको आरोप छ ।

प्रतिक्रिया दिनुहोस