काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र सोही विद्यालयका प्रधानाध्यापकविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
शिक्षक छनौटमा अन्तर्वार्ताको लागि पेश गरेको ट्रान्सक्रिप्ट फिर्ता गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर १ स्थित सिद्धि गणेश माध्यमिक विद्यालय काठमाडौँका बिब्यसका अध्यक्ष राज कुमार थापा र सोही विद्यालयका प्रधानाध्यापक बुद्धि विलास धितालविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्दा दायर गरिएको हो ।