७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

गौरा पर्वलाई राष्ट्रिय पर्व र बिदा दिने घोषणा गर्छौँ : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौरा पर्वलाई राष्ट्रिय पर्वको रुपमा घोषणा गर्ने प्रतिबद्धता जनाएका छन् ।

बिहीबार गौरा पर्वको अवसरमा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री दाहालले यस्तो घोषणा गरेका हुन् । उनले गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने विषयमा सरकार सकारात्मक रहेको भन्दै चाँडै मन्त्रिपरिषद्मा लैजाने बताए ।

उनले भने,  ‘अगाडि बोल्ने नेताहरुले प्रधानमन्त्रीको हैसियतका गौरा पर्वको विषयमा केही घोषणा गर्नुपर्ने कुरा राख्नुभएको छ । हिजो मात्रै मन्त्रिपरिषद् बैठकमा यो कुरा चलेको छ । हामीले गौरा पर्वका विषयमा सकारात्मक मात्रै होइन । सुदूरपश्चिमका जनताको भावनालाई कदर गरेर जानुपर्छ भन्ने कुरामा प्रस्ट गरेका छौँ । ‘

उनले सरकारले सुदूरपश्चिमका जनताको भावनालाई कदर गर्ने बताए । उनले योभन्दा पहिला गौरा पर्वमा बिदा दिएको फाइल हेरेर तिथि किटान गरेर आए बिदा दिने बताए ।

‘आजको यो मञ्चबाट गौरा पर्वलाई राष्ट्रिय पर्व घोषणा गर्ने निर्णय लिने घोषणा गर्न चाहन्छु । डा. भीम रावलले पहिला बिदा दिएको थिए भन्नुभयो । म त्यो फाइल हेर्छु र बिदा दिने विषयमा शेरबहादुर देउवाले भनेको जस्तो तिथि किटान होस् विदाको घोषणा गरिने विश्वास दिलाउँछु ।’  उनले भने ।

उनले आफू पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउन काम गरेको बताए । उनले  तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा सुदूरपश्चिमको लागि धेरै काम गरेको बताए ।

उनले भने, ‘सुदूरपश्चिममा पहिलो पटक प्रधानमन्त्री हुँदा सुदूरपश्चिम विश्वविद्यालय खोलेर शिक्षाको क्षेत्रमा क्रान्ति ल्याउने मैले जमरको गरेको थिए । तेस्रो पटक देशको नेतृत्व गर्दै गर्दा धेरै कुरा भएका छन् । ‘

प्रधानमन्त्री दाहालले गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढिसकेको बताए ।  उनले कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको भन्दै यो क्षेत्रमा धेरै काम गरेको दाबी गरे ।

‘चाहे गेटा कलेजलाई देशकै पहिलो मेडिकल विश्वविद्यालय बनाउने प्रक्रिया अगाडि बढिसकेको छ । कञ्चनपुरको दोधरा चाँदनीमा सुख्खाबन्दरगाह बन्ने प्रक्रिया अगाडि बढेको छ ।’ उनले भने ।

उनले सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास रहेको बताए ।

उनले भने, ‘सुदूरपश्चिम र कर्णालीका जनताको जीवनमा समृद्धि नआउँदासम्म र न्याय नहुँदासम्म नेपालमा कुनै समृद्धि हुनै सक्दैन भन्ने विश्वास राख्ने मान्छे हुँ म । ‘उनले सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरपश्चिम केन्द्रित रहेर काम गरिरहेको उल्लेख गरे । ‘सुदूरपश्चिमको पहिचानको निम्ति प्रधानमन्त्री भएपछि सबैभन्दा धेरै सुदूरश्चिममा गएको छु ।’  उनले भने ।

प्रतिक्रिया दिनुहोस