८ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खजुरीमा रेल सङ्ग्रहालय बनाइने

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक रेल आएको स्थान धनुषा जनकनन्दनी गाउँपालिकाको खजुरीमा रेल सङ्ग्रहालय बनाइने भएको छ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले  खजुरीमा अहिले पनि ब्रिटिस सरकारले छोडेका १० वटा रेल इञ्जिन रहेकाले त्यस क्षेत्रमा सङ्ग्रहालय बनाउन लागिएको जानकारी दिए । 

मन्त्री ज्वालाले यसै वर्ष काम सक्ने गरी योजना अगाडि बढाइएको बताउँदै भने, “दश कट्ठा क्षेत्रफलभित्र सङ्ग्रहालय बन्दैछ । तत्कालीन समयमा ल्याइएका रेल राखेर सङ्ग्रहालय बनाइनेछ ।” मन्त्रालयले रेल्वेको जमिनको चारैतिर पर्खाल निर्माण गर्न र अन्य सम्पत्तिको संरक्षण तथा थप अध्ययनका लागि एक प्राविधिक टोली पठाउन लागेको जनाएको छ । 

केही साताअघि मन्त्री ज्वालाले सङ्ग्रहालय बनाउने क्षेत्रको स्थलगत भ्रमण पनि गरेका थिए । भ्रमणलगतै उनले रेल विभाग र रेल्वे कम्पनीसँग गरेको छलफलपछि सङ्ग्रहालय बनाउने निर्णय भएको कम्पनीका महाप्रबन्धक निरन्जन झाले बताए । 

विसं १९९४ मा तत्कालीन ब्रिटिस इन्डिया कम्पनीले पहिलो पटक जयनगरदेखि बिजुलापुरासम्म कार्गो रेल सञ्चालन गरेको थियो । ब्रिटिस इन्डिया कम्पनीले ग्यारेज बनाउन र नेपालको काठ लैजान पहिलो पटक बिजुलापुरामा रेल ल्याएको थियो । फर्किदा स्टिम इन्जिन र डिजेल इन्जिनका १० रेल छोडेको थियो । ती इन्जिनलाई पछि गोरखनाथ, पशुपति, महावीर, चन्द्र, गुहेश्वरी नामकरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस