९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचारविरुद्धको अभियानबाट जनतामा आशा जागेको छ : गृहमन्त्री 

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारले सुशासनको पक्ष तथा भ्रष्टाचारविरुद्ध चालेको कदमबाट आम जनतामा आशा जागेको बताएका छन् । 

माओवादी केन्द्र जिल्ला समन्वय समिति ललितपुरले आज आयोजना गरेको कार्यक्रममा उनले सुशासन, आर्थिक समृद्धि र न्यायका निमित्त माओवादी केन्द्रले सरकार, सदन र सडक तीनै स्थानबाट अभियान चलाएको बताए ।

“प्रचण्ड नेतृत्वको सरकारले चलाएको अभियानबाट तस्कर, ठग र भ्रष्टाचारीहरू आत्तिएका छन् । तर आमजनता यो अभियानबाट खुसी भएका छन् । लोकतन्त्र र राजनीतिक परिवर्तनपछि वर्तमान सरकारले चलाएको भ्रष्टाचार विरोधी अभियानबाट आम जनतामा आशा पलाएको छ,” माओवादी वरिष्ठ उपाध्यक्षसमेत रहनुभएका श्रेष्ठले भने ।

सरकारले भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाएको उनले दाबी गरे । “भ्रष्टाचार विरोधी अभियान दृढतापूर्वक अगाडि बढाउँछौँ । सरकार र गृह मन्त्रालयको नेतृत्वको निरन्तरता भनेकै तस्कर, भ्रष्टाचारी र ठगविरुद्धको अभियान हो,” उनले भने, “यो अभियानमा आम जनताको साथ र सहयोगको अपेक्षा छ ।”

नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण र सामान्तवादको अवशेषका रूपमा रहेको मिटरव्याजसम्बन्धी समस्या  समाधान गर्ने सरकारको कदम सुशासन र भ्रष्टाचार विरोधी कदमकै निरन्तरता रहेको उपप्रधानमन्त्री श्रेष्ठको भनाइ छ । उनले सरकारले जनताको पक्षमा निरन्तर काम गरिरहने पनि बताए।

कार्यक्रममा सानुराज बज्राचार्य, शङ्करलाल वैद्य, रोशन महर्जन, सुनिल देउला, रामकृष्ण महर्जन, हरिकृष्ण महर्जन, रत्न महर्जनलगायत एक सय ५० जना माओवादी केन्द्रमा प्रवेश गरेका थिए । माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले पार्टी प्रवेश गर्ने सबैलाई आत्मसम्मानमा ठेस नपुग्ने गरी जिम्मेवारी दिइने प्रस्ट पारे ।

“श्रमजीवी जनता र राष्ट्रियसहितको पक्षमा माओवादीले चलाएको अभियानबाट प्रभावित भएर पार्टी प्रवेश गर्ने श्रमजीवी साथीहरूको निर्णय सही छ । तपाईँहरूले सही निर्णय गर्नुभएको छ । यहाँहरूको चाहना र भावना माओवादीले पूरा गर्छ,” उपप्रधानमन्त्री श्रेष्ठले भने, “तपाईँहरूको आत्मसम्मान हुने गरी जिम्मेवारी दिइन्छ । सरकारले सुरु गरेको भ्रष्टाचार विरुद्ध र सुशासनको पक्षमा तपाईँहरू पनि सहभागी हुनुस्, हामी स्वागत गर्छौँ ।”

प्रतिक्रिया दिनुहोस