११ बैशाख २०८२, बिहीबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

पोषण हरेक व्यक्तिको प्राथमिकता रहनु पर्छ – सचिव पुष्कर

अ+ अ-

जनकपुर । संघीय मामिला तथा सामान्य प्रशासन सचिव डा. कृष्णहरि पुष्करले पोषण हरेक व्यक्तिको प्राथमिकता रहनुपर्ने बताएका छन् । बहुक्षेत्रीय पोषण कार्यक्रमको मधेस प्रदेशस्तरीय प्रगति समीक्षा तथा कार्यक्रम अन्तर्गतका पोषण सहजकर्ताको पुनर्ताजगी तालिममा बोल्दै सचिव पुष्करले सो कुरा बताएका हुन् ।

स्वस्थ मानवपूँजी विकासको लागि पोषणमा लगानी बढाउँदै लैजानुपर्ने बताउँदै नेपाल सरकारले राखेको दिगो विकास लक्ष्य–२०३० को लक्ष्य हासिल गर्न तथा सन् २०२६ सम्ममा अल्पविकसित राष्ट्रबाट विकासोन्मुख राष्ट्रमा स्तरोन्नति हुने लक्ष्य हासिल गर्न यो कार्यक्रमको महत्त्वपूर्ण योगदान रहनेसमेत सचिव पुष्करले बताए ।

यो कार्यक्रम नेपाल सकारको प्राथमिकता प्राप्त कार्यक्रमको रूपमा कार्यान्वयन भइरहेको छ । मधेस प्रदेशका नगर तथा गाउँपालिकाका पोषण सहजकर्ता(स्वयंसेवक) एवम् बहुक्षेत्रीय पोषण कार्यक्रमका विषयगत शाखा प्रमुखमध्ये एक जना गरी हरेक स्थानीय तहबाट दुई/दुई जनाको सहभागिता रहने यो कार्यक्रम भाद्र १० गतेसम्म दुई समूहमा सञ्चालन हुनेछ ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकी सहसचिव स्किम श्रेष्ठको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा मन्त्रालयका सचिव डा. कृष्णहरि पुष्करको विशेष उपस्थिति तथा मधेस प्रदेश सरकारका निमित्त प्रमुख सचिव किशोर कुमार चौधरी, प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरी, प्रदेश सरकारका मन्त्रालयका सचिवहरू, प्रमुख जिल्ला अधिकारीको आथित्थ्यता रहेको थियो ।

कार्यक्रममा सहभागीलाई सम्बोधन गर्दै मधेस प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष नाथु प्रसाद चौधरीले मधेस प्रदेशको पोषणको महत्वबारे उल्लेख गर्दै पोषणको मधेस प्रदेश सरकारको योजनाको प्राथमिकता प्राप्त क्षेत्र भएको जानकारी दिए । यस्तै मधेस प्रदेश सकारका निमित्त प्रमुख सचिव किशोर कुमार चौधरीले कार्यक्रम कार्यान्वयन गर्दा नतिजामुखी हुनुपर्ने र कार्यक्रमको अनुगमनको साथै समय समयमा कार्यक्रमको मूल्याङ्कन गरिनुपर्ने धारणा राखे ।

उद्घाटन सत्रमा सम्बोधन गर्दै सहसचिव स्किम श्रेष्ठले बहुक्षेत्रीय पोषण कार्यक्रममा स्थानीय तह र प्रदेश सरकारको भूमिकाको प्रशंसा गर्दै क्रियाशील सबैलाई पोषण सुधारको लागि थप मेहनत गर्नुपर्ने बताइन् ।

भाद्र १० गते सम्म हुने कार्यक्रमको सहजीकरण राष्ट्रिय योजना आयोग, संङघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय तथा युनिसेफ नेपालका प्राविधिक समूहद्वारा हुनेछ ।

प्रतिक्रिया दिनुहोस