काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले, स्वर्गीय नेता देवी प्रसाद न्यौपानेसँग आफूले सँगै जेल जीवन बिताएको स्मरण गरेका छन् ।
काठमाडौँमा नेपाली काँग्रेसका नेता स्वर्गीय देवी प्रसाद न्यौपानेको सम्झनामा आयोजित दोलखा जिल्लाका अग्रज राजनीतिकर्मी एवं जनप्रतिनिधिलाई विशेष सम्मान समारोहलाई सम्बोधन गर्दै सभापति देउवाले, स्वर्गीय न्यौपानेले पार्टीलाई आजको अवस्थामा ल्याउन ठुलो योगदान दिएको स्मरण गरे ।
‘नक्खु जेलमा सँगसँगै बस्दाखेरी साहासी जुझारु, लडाकु कहिल्यै नथाक्ने मान्छेको रूपमा मैले उहाँलाई बुझेको थिए । जेलबाट छुटेपछि पनि हाम्रो भेट भइरहन्थ्यो ।’ उनले भने ।
न्यौपानेले राजनीतिमा देखाएको बाटोलाई सम्झेर काम गर्न सकेमात्रै उनीप्रति सच्चा श्रद्धाञ्जली हुने उनको भनाई छ ।
त्यस्तै उनले न्यौपानेको असामयीक निधन भएको भन्दै परिवारलाई समवेदना व्यक्त गरे ।