काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)ले अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापतिमा राजकिशोर यादवलाई उम्मेदवार बनाउन निर्णय गरेको छ।
सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच भएको भागबन्डा अनुसार अन्तर्राष्ट्रिय सम्बध समिति जसपाको भागमा परेको हो।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय तोकिएको छ।