७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तयार भयो राष्ट्रसङ्घको महासभामा प्रधानमन्त्रीको कार्यसूची 

अ+ अ-

काठमाडौँ। संयुक्त राष्ट्रसङ्घ (यूएन) को ७८ औँ महासभामा सहभागी हुन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको प्रतिनिधि मण्डलको मुख्य कार्यसूची तय भएको छ ।

आगामी ३० भदौमा प्रधानमन्त्री प्रचण्डसहितको उच्चस्तरीय प्रतिनिधिमण्डल न्यूयोर्क प्रस्थान गर्ने छन् भने न्यूयोर्कमा रहुन्जेल नेपालको प्रतिनिधिमण्डलले यूएनका मुख्य कार्यक्रमहरूमा महत्त्वपूर्ण सहभागिता जनाउने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार नेपालले संयुक्त राष्ट्र संघमा सहभागी हुने कार्यक्रमको सूची तयार भइसकेको र प्रतिनिधिमण्डलको सूची टुङ्गो लगाउने अन्तिम तयारी भइरहेको बताइएको छ । 

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डल न्यूयोर्क जाने तय भएपनि त्यसमा को को सहभागी हुने भन्ने टुङ्गो लगाउने काम भइरहेको हो । ।

नेपालले संयुक्त राष्ट्र सङ्घको महासभामा विशेष गरी दिगो विकासका लक्ष्य (एसडीजी) सम्बन्धी समिटमा सहभागिता जनाउने, यही वर्षदेखि आफू अध्यक्ष रहेको अतिकम विकसित राष्ट्रहरू (एलडीसी) को अध्यक्षता गरेर कार्यक्रम सञ्चालन गर्ने, वाणिज्य विकास र क्लाइमेट चेन्जमा नेपालले भोगिरहेका समस्या र यसको समाधानका विषयमा हुने क्लाइमेट एम्बिसन समिटमा महत्त्वपूर्ण सहभागिता जनाउने विषयलाई प्राथमिकतामा राखेको छ ।

यस्तै नेपालले महामारीको रोकथाम, पूर्वतयारी र समाधान, विश्वव्यापी स्वास्थ्यसम्बन्धी समस्या, क्षयरोग सम्बन्धी लडाईँ सम्बन्धी कार्यक्रममा सहभागिता जनाउने छ । यस्तै लामो समयदेखि नेपाल अध्यक्ष रहेको सार्क मन्त्रीस्तरीय र अन्य विभिन्न मुलुकबाट प्रस्ताव भएका तथा नेपालले प्रस्ताव गरेका साइडलाइन वार्तामा सहभागी हुने गृहकार्य भएको छ ।

यूएन महासभामा सहभागी हुने प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डल ३० भदौमा प्रस्थान गर्नेछ भने १ र २ असोजदेखि संयुक्त राष्ट्र सङ्घका कार्यक्रममा सहभागी हुनेछ । यस्तै प्रधानमन्त्रीले ३ असोजमा संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन गर्नेछन् ।

चार वर्षपछि नेपालले प्रधानमन्त्रीस्तरको सहभागिता जनाउँदै छ । प्रधानमन्त्री प्रचण्ड उक्त महासभामा भाग लिएर त्यहाँबाट चीन भ्रमणमा जाने तय भएको छ ।

प्रधानमन्त्री नेतृत्वमा अमेरिकाको न्यूयोर्कमा हुने संयुक्त राष्ट्र सङ्घको महासभामा परराष्ट्रमन्त्री एनपी साउदसहित उच्चस्तरीय प्रतिनिधिमण्डलको सहभागिता हुने भए पनि को-को सहभागी हुने भन्ने अझै टुङ्गो लागिसकेको छैन ।

प्रतिक्रिया दिनुहोस