१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

मानवीयता हराएको समाज

अ+ अ-

कहिले काहीँ हामी मानिसलाई देखेर म अचम्मित पर्ने गर्छु। लाग्छ आजभोलि मानिसमा मानवीयता भन्ने कुरा हराइसकेको छ कि भनेर। यो कुरा भन्दै गर्दा खै मलाइ पनि थाहा छैन म किन यस्तो भन्दै छु । मानवीयताको दार्शनिक तर्क वितर्क मलाइ खासै थाहा पनि छैन। म मेरो दृष्टिकोणबाट हेर्दा मानवीयता वास्तवमा नै  हराएको देख्छु यदि म गलत छु भने मलाइ माफ गरिदिनु होला। 

आज हामी मानिसले मानिसलाई कुनै महत्त्व दिन छाडेका छौ । महत्त्व दिएका छौ त केवल पद, पैसा र शक्तिलाई। कहिले कहीँ कुनै कार्यालय पुग्छु। त्यहाँ देख्छु ३०-३५ वर्षको हाकिम हुन्छन् र करिब ५०-५५ वर्षको कार्यालय सहयोगी, सेवाग्राही होस या त्यहाँका कर्मचारी ३०-३५ वर्षको हाकिमको पाउ छुन समेत पछि पर्दैनन् भने कार्यालय सहयोगीसँग बोल्दा पनि इज्जत जान्छ जस्तो गर्ने गर्दछन्। 

कार्यालय समयमा त पद र प्रतिष्ठाको सम्मान गर्नु राम्रै हो। बिदाको दिनमा कार्यालय बाहिर हुँदा २०-२५ वर्षको खरदार, सुब्बाले आफ्नो पिता समान उमेरको कार्यालय सहयोगीले आफलाइ नमस्कार गरोस् भन्ने सोच्दछन्। केही गरी झुक्किएर वा नदेखेर कार्यालय सहयोगीले त्यहाँ नमस्कार गरेनन् भने उसलाई लाग्छ, ओहो मेरो पद र प्रतिष्ठाको यस्ले कुनै सम्मान गरेन वा धज्जी उडायो। यो नाथे कार्यालय सहयोगीलाई देख्न भोलि भनेर भोलिपल्ट हाकिमलाई भए नभएको कुरा लगाइ जागिरै समेत खाइदिन पनि पछि पर्दैनन्। कहिले काहीँ त देख्ने गर्छु हाकिमका श्रीमती, छोराछोरी र आफन्तकोसमेत कार्यालय सहयोगीले चाकरी गर्नु पर्ने। यदी गरेन भने बिचरा उनको जागिरै पनि चैट हुने गर्दछ।

यो त भयो एउटा कार्यालयको कुरा, अब सिङ्गो समाजको कुरा गरौँ। समाजमा के छ ? तपाईँ हामीलाई थाहा छँदै छ, भनौँ वा तपाईँ हामी सबै यही गर्छौ। समाजमा कुनै कोट पाइटमा सजिएर हिँडेको कर्मचारी होस् या बिजनेस म्यान, हामीहरू उनीहरूलाई देख्ने बित्तिकै सिर निहुराएर नमस्कार गर्छौ तर बिहान बेलुका खानको लागि खानेकुरा उब्जाइदिने कृषकलाई माथि कार्यालय सहयोगीलाई  गर्ने जस्तो व्यवहार पनि गर्दैनौँ। 

हाम्रो दैनिक जीवनमा ती ठुला भनौदा कर्मचारी वा बिजनेस म्यानको भूमिका धेरै छ कि धुलो र मैलो फाटेका कपडा लगाएका परिश्रमी किसानको छातीमा हात राखेर सोचौँ त एक पटक रु कहिले काहीँ एक्लै हुँदा सोच्ने गर्छु आज हामी मानिस मानवीयता भन्दा पनि भौतिक प्राप्ति पद, पैसा र शक्तिमा किन यति लिप्त छौ भनेर। जति नै सुकै भ्रष्ट किन नहोस् भ्रष्ट भन्ने थाहा पाउँदा पाउँदै पनि त्यस्ता राजनीतिज्ञ, कर्मचारी र व्यापारीको पाउ छुन समेत हामी पछि पर्दैनौ। तर इमानदारीका साथ आफ्नो काम गर्ने कृषक, मजदुरको इमानदारीताको सधैँ अवमूल्यन गर्ने गरेका छौ। 

कहिले काहीँ  फुर्सदको समयमा आर्यघाट तिर गएर केही समय बिताउने गर्छु। त्यहाँ देश चलाएका राजनीतिज्ञ देखि लिएर सामान्य ज्यालादारी गरेर आफ्नो जीवन चलाएका मानिसको अन्तिम बिदाइ देख्ने गर्छु। धुवाँको मुस्लोमा जति सुकै ठुलो होस् या सामान्य मानिस केही भिन्नता देख्न पाइँदैन तर हामी मानिस भने  पद पैसा र शक्तिसँग यति धेरै लाचार भएर मानवीयता भुलिरहेका छौँ। 

प्रकृतिमा हेरौँ त सूर्य, आगो, हावा, पानी सबैले हामीलाई समान व्यवहार गरेका छन्। तर हामी मानिस भने हुनेखाने र पहुँचवालाको खुट्टा ढोग्न तयार हुन्छौ तर हाम्रो जीवनयापनमा प्रत्यक्ष जोडिने मानिसको सधैँ अपमान गरेका हुन्छौ। हामीले बाहिर कुनै कार्यक्रममा निकै आदर्शका भाषण गर्ने पनि गर्छौ हाम्रो देश कृषिप्रधान देश हो। कृषक भनेका भगवान् हुन तर वास्तविक जीवनमा कृषकसँग बोल्यो भने पनि आफ्नो इज्जत सकिएला जस्तो गर्छौ। 

बिचरा एक कृषकले मुसलधारे वर्षामा पानी नभनी, चिसो जाडोको मौसममा जाडो नभनी, चैत वैशाखको गर्मीमा गर्मी नभनी  मेहनत गरी हामीले बिहान बेलुका खानेकुरा उब्जाइ दिन्छन्। त्यही खाना टन्न खाएर कार्यालयमा घुम्ने कुर्सिमा बसेर दिउँसो उनै कृषक सेवा लिन आए भने फनफन घुमाइदिने गर्छौ। यहीँ हो हाम्रो मानवीयता ? पहुँच र शक्तिवालाको फोनको भरमा हुने काम एउटा मजदुर, किसान वा असह्य आयो भने फनफन घुमाएर एक दिनमा हुने काम हप्तौँ लगाइदिन्छौ। 

साँच्चिकै भन्नू पर्दा आजको दिनमा हामीले जन्मिदा नाङ्गै जन्मिएको र मर्दा नाङ्गै जाने भन्ने कुरा भुलिसकेका छौँ। सायद हामिलाई लाग्छ मरेर जाँदा पनि यो पद, पैसा र शक्ति सँगै लिएर जाने हो। यदि यस्तो सोच नभएको भए किन  हामी पद, पैसा र शक्तिको पछाडि हामीले सब चिज फालेर यसरी लाग्ने गर्थ्यौ होला र ? जब मानिसमा अनित्यताको बोध हराउँदै जान्छ अनि मानिसभित्र रहेको मानिवियताको अभाव हुने गर्दछ। भौतिक चिज नै सर्वेसर्वा हो जस्तो लाग्छ। नैतिकताको पतन हुँदै जाने गर्छ। अनि समाजमा लडाइ, झगडा द्वन्द्व र भ्रष्टाचार बढ्दै जान्छ। 

समाजमा भ्रष्टाचारी, अनैतिक मानिसहरूको जयजयकार हुन थाल्दछ भने इमानदार मानिसलाई आफ्नो जीवन चलाउन पनि धौ धौ हुने गर्दछ। मानवीयता हराएकै कारण त हो नि आज दिनहुँ समाचारमा विभिन्न भ्रष्टाचारका काण्डहरूको प्रकाष्ट हुने गर्दछन्। आज सम्म कुनै समाचारमा सुन्नु भएको छ एक कृषकले अनियमितता र भ्रष्टाचार गर्‍यो भनेर तर ठुला भनौदाहरुको दिनहुँ भ्रष्टाचारमा नाम आइरहेको छ। अनि हामीचाहिँ तिनै भ्रष्टको चाकरी गर्नको लागि मरिहत्ते गर्छौ।

यदि साँच्ची नै समाजको भौतिक र आध्यात्मिक विकास गर्नु छ भने हामीले पद, पैसा र शक्तिको नभएर कामको र अनुभवको सम्मान गर्नु पर्छ। एउटा राजनीतिज्ञ, व्यापारी वा प्रशासकको जति सम्मान गर्छौ त्यति नै हाम्रो जीवन चलाउन सहज बनाइदिने भगवान् रुपी कृषकको सम्मान गर्न सक्नु पर्छ। कुनै कार्यालय छिर्दा हाकिमको जति सम्मान गर्छौ नि त्यही सम्मान त्यहाँ काम गर्ने कार्यालय सहयोगीको गर्न सक्नु पर्दछ। 

हामी सबै आआफ्नो ठाउँबाट परिवर्तन भयौँ भने सिङ्गो समाज र देश नै परिवर्तन हुन्छ र एक असल, नैतिकवान् र मर्यादित समाज बन्दछ। समाज बदल्नको लागि पहिला हामी आफूबाट नै बदलिन जरुरी छ।

प्रतिक्रिया दिनुहोस