९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भ्रष्टाचार सामसुम पार्न ठुलाहरू मिल्छन्, छानबिन गर्न हामी किन नमिल्ने ?

अ+ अ-

काठमाडौँ । काँग्रेस महामन्त्री गगन थापाले शासन सत्ता, शक्ति र पहुँच, नाता र सम्बन्धका आधारमा भ्रष्टाचारको नेक्सस बनिरहेको बताएका छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमा एकपछि अर्को काण्डहरू सार्वजनिक भइरहेको भन्दै महामन्त्री थापाले संरचनागत संयन्त्रहरूमा देखिएको लुपहोल भ्रष्टाचार मौलाएको बताएका हुन् । 

ठूला भ्रष्टाचारका काण्ड सामसुम पार्न ठुलाहरू मिल्ने गरेको र सत्ता बार्गेनिङको टुल बनाइने गरेको पनि उनको भनाइ छ । महामन्त्री थापाले भनेका छन्, ‘यस्ता काण्डहरूमा सार्वजनिक रूपमा ठुलाहरूले चर्को बोल्ने, एक अर्कालाई तर्साउने, तर बिस्तारै बन्द कोठामा बसेर सामसुम पार्ने अनि अनुकूलतामा ‘सत्ता बार्गेनिङको टुल’ बनाउने सम्भावना एकदमै देखिन्छ।’

भ्रष्टाचार अन्त्यका लागि पार्टीभित्र मात्र नभई अन्य दल र नागरिक आन्दोलनसँग पनि एकाकार हुनुपर्ने पनि महामन्त्री थापाको भनाइ छ । ‘यस्ता घटना सामसुम पार्न उनीहरू मिल्छन् भने यस्ता घटनामा छानबिन गर्न गराउन हामी किन नमिल्ने ? विगतमा जस्तै एउटै पार्टी भित्र समान धारणा भएको एक ठाउँमा आउँ। यस्तै धारणा भएको अन्य पार्टीका साथीसँग समान धारणा बनाऊँ, अनि पार्टी बाहिरको नागरिक आन्दोलनसँग एकाकार होऔँ’ महामन्त्री थापाले भनेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म पनि बलियो बनाउनुपर्ने महामन्त्री थापाको भनाइ छ । उनले भनेका छन्, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग लगायतको संस्थामा हुने नियुक्तिदेखि क्षेत्राधिकारसम्म, क्षमतादेखि संरचनासम्म बलियो बनाऔँ । नीतिगत भ्रष्टाचारलाई परिभाषित गर्ने छुट्टै कानुन नै बनाऔँ । के नीतिगत हो, के होइन प्रस्ट गरौँ ।’

भ्रष्टाचारीका सन्दर्भमा नेता र नाता केही हेरिन नहुने महामन्त्री थापाले बताएका छन् । उनले भनेका छन्, ‘यो अभियानमा हाम्रो मन्त्र हुनुपर्छ, निर्दोष कोही नपरून्, दोषी कोही नछुटुन्। ‘भ्रष्टाचारीको सन्दर्भमा ‘न नेता, न नाता’ केही नहेरियोस्, त्यसै गरी कुनै व्यक्ति नेता वा नाता भएकै कारण पूर्वाग्रहको विषय पनि नबनोस् । यी सबै कुरामा मेरो पहलकदमी रहनेछ, जुनसुकै पार्टीमा, जहाँ भए पनि भ्रष्टाचारको जालो तोड्न सँगै लागौँ ।’

प्रतिक्रिया दिनुहोस