९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा मुद्दा खारेज गर्न हुँदैन : रमेश लेखक

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले हिंसात्मक गतिविधि छाडेर शान्तिपूर्ण राजनीतिमा आउँदैमा मुद्दा खारेज गर्न नहुने बताएका छन् ।

आज मङ्गलवार प्रतिनिधि सभा बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथिको सामान्य छलफलमा प्रमुख सचेतक लेखकले ऐनमा हिंसात्मक क्रियाकलाप छाडेर शान्तिपूर्ण राजनीतिमा फर्किने समूहलाई उनीहरूको मुद्दा खारेज गर्नेगरी पारित गर्न नहुने बताएका हुन् । यसका लागि राजनीतिक छलफल गरेर सहमति गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘मुलुकी फौजदारी अपराध कार्यविधि संहिता २०७४ को दफा ११६ मा अर्को एउटा दफा थपेर ११६ (१) बनाएको छ । त्यसले हिंसात्मक क्रियाकलाप छाडेर संविधानलाई मानेर, व्यवस्थालाई मानेर शान्तिपूर्ण राजनीतिमा फर्किन चाहनेका लागि नेपाल सरकारसँग राजनीतिक सहमति भएको छ । त्यो सहमतिअनुसार त्यस्ता हिंसात्मक गतिविधिमा संलग्न भएका समूहका सदस्यहरू थुनामा रहेकोमा मुक्त गर्ने र मुद्दाहरू खारेज गर्ने व्यवस्था गरिने व्यवस्था छ । यसलाई यसैरूपमा पारित गर्नु हुन्न । यसमा राजनीतिक छलफल गरेर एउटा सहमतिमा पुग्नुपर्छ ।’

लेखकले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानले अहिले सञ्चालनमा रहेको वीर अस्पताललाई समेत अलग गरेर जाने प्रस्ताव गरेको भन्दै यो प्रस्तावमा पनि पुनः विचार गर्नुपर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस