१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वडा कार्यालयको सहयोगमा रायो सागको व्यावसायिक खेती

अ+ अ-

झापा । गौरादह नगरपालिका-१ का ३० किसानले रायो सागको व्यावसायिक खेतीबाट यतिबेला राम्रो आम्दानी गरिरहेका छन् । उनीहरूले टनेलमा उत्पादन गरेको अग्र्यानिक बेमौसमी रायोको साग स्थानीय बजारमै खपत हुने गरेको छ । किसानलाई रायो साग खेतीका लागि वडा नंं १ ले साझेदारीमा टनेल निर्माणका लागि गत वर्ष रु. एक लाख १६ हजार अनुदानमा उपलब्ध गराएको थियो ।

स्थानीय शम्भु थापाले डेढ कठ्ठा जमिनमा तीन वटा टनेल निर्माण गरेर रायो सागको व्यावसायिक खेती गरिरहेको बताए । “थोरै लगानी, कम मेहनतमा धेरै आम्दानी हुन्छ । बजारको पनि समस्या छैन”, उनी भन्छन्, “धान लगायो भने आम्दानी लिन छ महिना पर्खनुपर्छ । सागले लगाएको डेढ महिनामै आम्दानी दिन सुरु गर्छ ।”

विगत तीन वर्षदेखि उनले गोलभेडा, धनियाँसँगै रायो सागको खेती गर्दै आउनुभएको छ । उनले व्यापारीले बारीबाटै प्रतिमुठा रु. ५० देखि ६० ले लैजाने गरेको बताए । उनले प्रतिटनेल साग बिक्रीबाट रु. १० हजार बढी आम्दानी हुने बताए ।

वडाध्यक्ष नगेन्द्र भण्डारीले वडा कार्यालयको सहयोगमा ४० किसानले टनेल निर्माण गरेको बताए । उनले ३० जना किसानले रायो साग र. १० जनाले तोरीको सागको खेती लगाएको जानकारी दिए । “यो सागको सिजन होइन”, उनले भने, “धेरैले उत्पादन गरेका छैनन् । त्यही भएर महँगोमा बिक्री हुँदा किसानले राम्रो आम्दानी गरेका छन् ।”

वडाध्यक्ष भण्डारीका अनुसार कुमार अधिकारी, राजकुमार राई, टीका अधिकारी, राजन भण्डारीलगायतका ३० जना किसानले वर्षभरि नै अन्य तरकारीसँगै रायो सागको व्यावसायिक खेती गर्दै आएको जानकारी दिए ।

यहाँका किसानले रायो सागको खेती बाह्रैमास गरेर आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पेस गरेको उनको भनाइ छ । जिल्लामा रायो सागको बेमौसमी खेती बुद्ध शान्ति गाउँपालिका, बिर्तामोड नगरपालिका, मेचीनगर नगरपालिकाको बाहुनडाँगीलगायतका क्षेत्रका कृषि ज्ञान केन्द्रको सहयोगमा किसानले विगत वर्षदेखि नै गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस