काठमाडौँ । पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन् । मुटुसम्बन्धी समस्याका कारण उनलाई आज ह्याम्स अस्पतालमा भर्ना गरिएको हो ।
अस्पताल स्रोतका अनुसार पारसको अवस्था अहिले सामान्य छ । मुटुरोगी भएको हुँदा उनलाई २४ घण्टा सुपरिवेक्षणका लागि राखिएको जनाइएको छ । ।