७ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

सुन तस्करीमा संलग्न भएको प्रमाणित भए महरालाई कारबाही हुन्छ : गृहमन्त्री श्रेष्ठ

अ+ अ-

काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन प्रकरणमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा संलग्न भएको पुष्टि भए सरकारले नछाड्ने बताएका छन् । शनिवार ललितपुरमा माओवादी केन्द्रले थालेको विशेष अभियानको उद्घाटन गर्दै माओवादी भएकै कारण उनलाई नछाड्ने बताएका हुन् ।

माओवादीको नेतृत्वमा सरकार भएकाले आफूहरूलाई जोगाएर विपक्षीलाई मात्र कारबाही गर्ने हो कि भन्ने शङ्का गरेको पाइएको भन्दै उनले जुनसुकै तह, जुनसुकै पार्टीको र जोसुकै भए पनि कारबाही गरेर छाड्ने उनले जिकिर गरे । 

‘९ किलो सुन प्रकरणमा माओवादीको नेता जोडिएको कुरा आएको छ । जोसुकै होस्, जुनसुकै पार्टीको नेता होस् अपराधमा संलग्न भएको पुष्टि भए सरकारले छाड्दैन’, उनले भने, ‘माओवादीको नेतृत्वमा सरकार भएकाले आफूलाई चोख्याउँछ कि भन्ने शङ्का गरेको पाएको छु । कुनै शङ्का नगरे हुन्छ, काँग्रेस, एमाले, माओवादी, एकीकृत समाजवादी जुनसुकै पार्टीको जुनसुकै तहको नेता भए पनि सरकारले छाड्दैन ।’

उनले शान्ति प्रकियामा आएपछि माओवादी पनि बिग्रिएको स्वीकार गर्दै अब अध्यक्ष ‘प्रचण्ड’को नेतृत्वमा गोलबन्द हुँदै पार्टीलाई रूपान्तरण गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस