काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साह एसिया कप हेर्न श्रीलङ्का जाँदै छन् ।
उनी हिमालयन एयरलाइन्सको उडानमार्फत दिउँसो श्रीलङ्का जान लागेका हुन् ।
एसिया कपअन्तर्गत सोमबार नेपाल र भारको खेल हुँदैछ । उक्त खेलमा नेपाली खेलाडीको हौसला बढाउन बालेन श्रीलङ्का जान लागेका हुन् ।
समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो ।