१२ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

ज्ञानेन्द्र शाहीको प्रश्न : क्रिकेट खेलाडीलाई दिने भनिएको १७ लाख खोई ?

अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीले क्रिकेट खेलाडीहरुलाई १७ लाख दिने भनेर गरेको वाचा किन पूरा नगरेको भन्दै प्रश्न गरेका छन् ।

सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी नपाएको भन्दै खेलाडीहरुलाई दिन भनेको पैसा छिटोभन्दा छिटो वितरण गर्न ध्यानाकर्षण गराएका छन् ।

उनले भने, ‘प्रधानमन्त्रीले क्रिकेट खेलाडीका लागि भनेर नेपाल नामिबिया स्कटल्यान्ड काठमाडौंमा ३ लाख, नेपालले यूएइमा खेल्दा ३ लाख , नेपालले यूएइ पिएनजी काठमाडौँसँग खेल्दा ३ लाख, प्रधानमन्त्रीले घोषणा गरेको २ लाख र एसीसी कप जित्दा ६ लाख गरेर नेपालका खेलाडीहरुलाई १७ लाख दिने भनेर बाचा गर्नुभयो तर अहिलेसम्म त्यो पैसा पुगेको छैन् । आज हामी खेलाडीहरुलाई बधाई दिदैँ गर्दा डर लाग्छ कि लाग्दैन् । भारतमा क्रिकेटका कप्तान रोहित शर्माले वर्षमा २७ करोड आम्दानी गर्दा, नेपालका कप्तान रोहित पौडेलको ७ लाख २० हजारभन्दा बढी छैन् । खेलाडीहरुलाई दिन भनेको पैसा किन दिएको छैन् त्यो दिनु पर्छ ।’

यस्तै सांसद शाहीले कर्णाली राजमार्गको जुम्लाको सडक खण्डमा हुने गरेको दुर्घटनाको विषय उठाँउदै कर्णाली राजमार्ग बनाउँन लागेको हो की मृत्युमार्ग बनाएको भन्दै प्रश्न गरेका छन् ।

उनले भने, ‘भदौ १७ गते बिहान ६ ३० बजे जुम्लाको कनका सुन्दरी गाउँपालिका वडा नं. ४ मा गाडी दुर्घटना हुँदा चालक र सहचालकको मृत्यु भएको छ । २०६६ / ६७ देखि अहिलेसम्म कर्णाली राजमार्गको जुम्लाको सडक खण्डलगायतमा ४३३ वटा सवारी दुर्घटना भए १९९ जनाले ज्यान गुमाए र कम्तीमा ८ सयभन्दा बढी अझै घाईते छन् । यो कर्णाली राजमार्ग बनाउँन लागेको हो की मृत्युमार्ग बनाएको हो । यो राजमार्गको छिटोभन्दा छिटो पिच गरियोस् ।’

प्रतिक्रिया दिनुहोस