१३ बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

जापानिज इन्सेफ्लाइटिसबाट एकजनाको मृत्यु

अ+ अ-

त्रिवेणी । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा जापानिज इन्सेफ्लाइटिसबाट एक जनाको मृत्यु भएको छ । 

स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाईँका अनुसार कावासोतीका-२ का ६६ वर्षीय एक महिलाको जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको हो ।  बिरामी भएर भदौ ६ गते चितवनस्थित अस्पतालमा भर्ना भएकोमा उनको भदौ ७ गते मृत्यु भएको हो । 

चालु आर्थिक वर्षमा जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट मृत्यु भएको यो पहिलो घटना भएको कार्यालय प्रमुख चापागाईँले बताए । परीक्षण रिपोर्ट ढिलो गरी आउने हुँदा मृत्युपछि मात्र जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको उनले बताए । उनका अनुसार गत आवमा नवलपुरमा सातमा जापानिज इन्सेफ्लाइटिस पुष्टि भएकोमा पाँच जनाको ज्यान गएको थियो । 

जापानिज इन्सेफ्लाइटिस पुष्टि भएका एक जनाको चितवनस्थित अस्पतालमा उपचार भइरहेको स्वास्थ्य कार्यालय प्रमुख चापागाईँले बताए।  देवचुली नगरपालिकाकी १५ वर्षीय बालिकामा जापानिज इन्सेफ्लाइटिस देखिएको र उनको अस्पतालको सघन उपचार कक्षमा उपचार भइरहेको उनले बताए । 

यहाँका दुईवटा पालिकामा जापानिज इन्सेफ्लाइटिसका बिरामी पुष्टि भएपछि बिरामी भेटिएका स्थान वरपर अन्य केही व्यक्तिको रगत परीक्षणका लागि आज रगत सङ्कलन गरिँदै छ  । साथै उक्त स्थान वरपर स्वाथ्य कार्यालयको सक्रियतामा सचेतनामूलक कार्यक्रम समेत गरिँदैछ ।  

जापानिज इन्सेपफ्लाइटिसबाट बच्नका लागि लामखुट्टेको टोकाइबाट बच्नु र लामखुट्टे नियन्त्रण गर्नु नै मुख्य उपाय भएको स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख चापागाईँको भनाइ छ । उनका अनुसार यो रोग लागेका बिरामीमा उच्च ज्वरो आउने, धेरै टाउको दुख्ने, बेहोस हुने, बान्ता आउने, शरीर काप्ने जस्ता लक्षण देखिन्छन् । 

अबको केही महिना  जापानिज इन्सेपफ्लाइटिसको जोखिम धेरै हुने भएकाले लामखुट्टेको टोकाइबाट बच्न विशेष ध्यान पुर्‍याउनुपर्ने कार्यालय प्रमुख चापागाईँले बताए । सन् १९७८ मा रूपन्देही जिल्लामा पहिलो पटक यो रोग देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस