१५ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

संस्कृति सम्बन्धी नीति बन्ने

अ+ अ-

काठमाडौँ । नेपालमा पहिलो पटक संस्कृति सम्बन्धी नीति बन्ने भएको छ । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले संस्कृति नीति बनाउन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईको संयोजकत्वमा १३ सदस्यीय कार्यदल गठन गरेको हो ।

मन्त्री स्तरीय निर्णयानुसार कार्यदल गठन भएको मन्त्रालयले जनाएको छ । सोमबार सिंहदरवारमा भएको संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा पर्यटन मन्त्रालयको आगामी कार्ययोजनाबारे बोल्दै पर्यटन मन्त्री किरातीले पहिलो पटक संस्कृति नीति बनाउन विज्ञ सरोकारवालासहितको कार्यदल गठन गरिने र उक्त कार्यदलले करिब दुई महिनामा प्रतिवेदन बुझाउने गरी समयावधि तोकिने जानकारी दिएका थिए । 

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय भए पनि विगतमा संस्कृतिसम्बन्धी उल्लेख्य काम नभएको मन्त्री किरातीको धारणा छ । नेपाली समाज र संस्कृतिमाथि प्राज्ञिक अध्ययन गरेरमात्र समाज राष्ट्रलाई समृद्ध शाली बनाउन सकिने भएकाले आगामी दिनमा संस्कृतिमाथि बृहत्तर अध्ययन गरिनुपर्ने मन्त्री किरातीको भनाइ छ । 

नेपालको पर्यटन नीति हवाई उड्डयन नीति र संस्कृति नीति पुरानै भएकाले यसबाट ठोस परिणाम निकाल्न नसकिने भएकाले पनि मन्त्रालय अन्तर्गतका तिनै क्षेत्रको नीति निर्माण गरिने मन्त्री किरातीले बताए ।

कुलपति भुपाल राईको संयोजकत्वमा गठित १३ सदस्यीय समितिमा पूर्व व्यवस्थापिका सांसद सदस्य मल्ल के सुन्दर, भाषा आयोगका सदस्य डा. अमर गिरी, संस्कृति महाशाखा प्रमुख दामोदर गौतम, संस्कृतिविद् डा. प्रेम खत्री, संस्कृतिविद् डा. डिल्ली ओली, पूर्व सचिव डा. मानबहादुर विश्वकर्मा, प्राडा वीणा पौड्याल, देव शरण यादव, सांस्कृतिक अध्यता भोगिराज चाम्लिङ चलचित्र निर्देशक नवीन सुब्बा र सदस्य सचिवमा संस्कृति शाखा प्रमुख उपसचिव पुण्यमाया गुरागाई रहेका छन् ।

कार्यदलका संयोजक कुलपति राईले राजनीतिको पनि माउ संस्कृति भए पनि यसबारे नेपालमा धेरै बहस हुन नसकेको भन्दै संस्कृति नीति जरुरी रहेको बताए । 

कार्यदलले औपचारिक जिम्मेवारी लिएपछि सरसल्लाह गरेर बृहत् अध्ययन र सुझाव सङ्कलन सुरु गरिने उनले बताए । कुलपति राईले ओझेलमा परेको सांस्कृतिक पाटोलाई उजागर गर्न बहस र आवश्यक सरसुझाव आदान-प्रदान गर्न पनि अनुरोध गरेका छन् ।

प्रतिक्रिया दिनुहोस