काठमाडौँ । नेपाल सरकारकार ५८ जना सहसचिवको सरुवा गरिएको छ । सरकारले संघ तथा प्रदेशस्थित मन्त्रालय, कार्यालय, आयोगमा कार्यरत सहसचिवहरूको सरुवा गरेको हो ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट एक सचिव बाहिरिएका छन् भने दुई जना भित्रिएका छन् ।
प्रशासन सिंहदरवार विशेष ब्युरोलाई प्राप्त विवरण अनुसार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट दुई सहसचिव बाहिरिएका छन् भने दुई जना भित्रिएका छन् । बाहिरिनेमा सहसचिव बलराम रिज्याल र हेमराज तामाङ रहेका छन् ।
रिज्याल आर्थिक मामिला मन्त्रालय गण्डकी प्रदेशको सचिव भई गएका छन् भने तामाङ, संस्कृती, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय गएका छन् । यसैगरी भित्रिनेमा राष्ट्रिय योजना आयोगका सहसचिव सुमन दाहाल र आर्थिक मामिला मन्त्रालयका सुदुर पश्चिम प्रदेशका प्रदेश सचिव डा. नारायण प्रसाद रेग्मी रहेका छन् ।
निकै लामो समयको रस्साकस्सी पछि बल्ल बल्ल सूची सार्वजनिक गरिएको छ । अझै कतिपय नमिलेका विषयमा मिलाउनु पर्ने देखिएको सिंहदरवार स्रोत बताउँछ ।






