९ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

कर्मचारीले निष्पक्ष रूपमा काम गर्नुपर्छ : सभापति देउवा

अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारीहरूले निष्पक्ष रूपमा काम गर्नुपर्ने बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको स्थापना दिवसका सन्दर्भमा आज ‘कर्मचारी’ पुस्तकको विमोचन कार्यक्रममा उनले कर्मचारीले व्यक्तिगत रूपमा विचार जुनसुकै अपनाए पनि सरकारको कुरा मान्नुपर्ने धारणा व्यक्त गरे ।

सभापति देउवाले भने, “राजनीति र कर्मचारीतन्त्रबीचको द्वन्द्व विश्वमै हुने गरेको देखिन्छ, तर सन्तुलन कायम गरेर मिलाएर लैजानुपर्छ । निजामती कर्मचारी युनियन प्रजातान्त्रिक युनियन हो । अरूले आफ्नो पार्टीले जे भन्यो त्यही गर्ने गरेका छन्, हामीले त्यस्तो गर्नुपर्छ भन्ने छैन, निष्पक्ष काम गर्नुपर्छ, त्यही रूपमा अघि बढ्नुस् ।”

राजनीति र कर्मचारीतन्त्रबीच राम्रो सम्बन्ध हुनुपर्ने उल्लेख गर्दै सभापति देउवाले कर्मचारीतन्त्र नभई देश नचल्ने बताए । उनले कर्मचारीले सरकारको भनेको मान्नुपर्ने र कतिपय चित्त नबुझेका विषय भन्नुपर्ने बताउनुभयो । राजनीति र कर्मचारीतन्त्रबीच आपसी समन्वय र सहयोग हुनुपर्ने सभापति देउवाको भनाइ थियो ।

फरक प्रसङ्गमा सभापति देउवाले नेपालमा जलविद्युत् उत्पादनको सम्भावना धेरै भएको उल्लेख गर्दै जलविद्युत् खरिदकर्ता छिमेकी मुलुक भारत भएकाले उसको कुरा सुन्नुपर्ने बाध्यता छ भने । उनले भने, “साथी बदल्न सकिन्छ, तर छिमेकी बदल्न सकिँदैन । तसर्थ चीन र भारत दुवै छिमेकीसँग राम्रो सम्बन्ध बनाइरहनु आवश्यक छ । सन्तुलन मिलाएर अघि बढ्नुपर्ने हुन्छ । यो हाम्रो आवश्यकता र बाध्यता हो, यसमा हाम्रो बुद्धिमता पनि छ ।”

कार्यक्रममा काँग्रेस नेता डा. शेखर कोइरालाले राजनीति गर्ने सबैले कर्मचारी जुनसुकै आस्था र विचारका भए पनि स्थायी सरकार हो भन्ने बुझ्नुपर्ने उल्लेख गर्दै कर्मचारीलाई सेवा सुविधा र वृत्तिविकासका विषयमा खुसी राख्न सकेमात्र सफलता प्राप्त हुने धारणा व्यक्त गरे । पार्टीले कर्मचारीको मनोबल उच्च राख्न आवश्यक सहयोग गर्नुपर्ने उनको भनाइ थियो ।

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति एवं काँग्रेसका नेता रामहरि खतिवडाले निजामती सेवासम्बन्धी कानुन छिट्टै ल्याउन लागेको र यसमा सबैलाई समेट्ने प्रावधान हुने तथा एकाधिकारका प्रावधान नहुने स्पष्ट पारे । उनले आवश्यक सुझावका लागि आग्रह गर्दै सुशासन कायम गराउन प्रयत्न गर्ने प्रतिबद्धता व्यक्त गरे ।

काँग्रेस सहमहामन्त्री जीवन परियारले राजनीति गर्ने व्यक्ति ठिक भए मात्र कर्मचारीतन्त्र ठिक हुने र मुलुकमा सुशासन कायम गर्न पद्धति नै विकास गर्नुपर्ने बताए। युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले कर्मचारीका समस्याका बारेमा अवगत गराउँदै कर्मचारीसँग सम्बन्धित आवश्यक कानुन यथाशीघ्र अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस